राज शाही बुधबार, भाद्र १०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हुम्ला जिल्लाका सात वटा गाउँपालिकाका गरि ३२ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयमा परेका छन् । अधिकाँस उजुरीहरु योजनामा रकम हिनामिना गरेका सम्वन्धित रहेका छन् । आर्थिक वर्ष ०७६।०७७ मा कुल परेका उजुरी मध्य १४ वटाको फछ्यौट भएको र अझै १८ वटाको छानबिन भै रहेको सुर्खेत कार्यालयका सुचना अधिकारी मेघनाथ साप्कोटाले बताएका छन् ।

यसरी अख्तियारमा परेका उजुरी मध्य नाम्खा गाउँपालिकाका ४ वटा मध्य तीन वटा फछ्यौट भएको र एक वटा बाँकी रहेको छ । त्यसगरि सिमकोट गाउँपालिकाका जम्मा सात वटा उजुरी मध्य  तीन वटाको फछ्यौट भएको चार वटा वाँकी रहेका छन् । खार्पुनाथ गाउँपालिकाका कुल तीन वटा उजुरीमा तीन वटैको फ्यौट भएका छन् ।

सर्केगार्ड गाउँपालिकाका जम्मा ८ वटा उजुरीमा एक वटा फछ्यौट भएको र सात वटा बाँकी रहेका छन् । यता चंखेली गाउँपालिकाका कुल ४ वटा उजुरी मध्य चार वटैमाथि छानबिन भै रहेको छ । यता अदानचुली गाउँपालिकाबाट ५ वटा उजुरी परेको दुई वटामाथि छानबिन भै रहेको छ

ताँजकोट गाउँपालिकामा एक वटा उजुरी परेको त्यसको फछ्यौट भई सकेको सुचना अधिकारी साप्कोटले बताएका छन् ।  छानबिन भई रहेको उजुरीको अध्ययन तथा स्थलगत रुमा हेर्न अख्तिायरको टोली जिल्लामा आउने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९