राज शाही बुधबार, भाद्र १०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हुम्ला जिल्लाका सात वटा गाउँपालिकाका गरि ३२ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयमा परेका छन् । अधिकाँस उजुरीहरु योजनामा रकम हिनामिना गरेका सम्वन्धित रहेका छन् । आर्थिक वर्ष ०७६।०७७ मा कुल परेका उजुरी मध्य १४ वटाको फछ्यौट भएको र अझै १८ वटाको छानबिन भै रहेको सुर्खेत कार्यालयका सुचना अधिकारी मेघनाथ साप्कोटाले बताएका छन् ।

यसरी अख्तियारमा परेका उजुरी मध्य नाम्खा गाउँपालिकाका ४ वटा मध्य तीन वटा फछ्यौट भएको र एक वटा बाँकी रहेको छ । त्यसगरि सिमकोट गाउँपालिकाका जम्मा सात वटा उजुरी मध्य  तीन वटाको फछ्यौट भएको चार वटा वाँकी रहेका छन् । खार्पुनाथ गाउँपालिकाका कुल तीन वटा उजुरीमा तीन वटैको फ्यौट भएका छन् ।

सर्केगार्ड गाउँपालिकाका जम्मा ८ वटा उजुरीमा एक वटा फछ्यौट भएको र सात वटा बाँकी रहेका छन् । यता चंखेली गाउँपालिकाका कुल ४ वटा उजुरी मध्य चार वटैमाथि छानबिन भै रहेको छ । यता अदानचुली गाउँपालिकाबाट ५ वटा उजुरी परेको दुई वटामाथि छानबिन भै रहेको छ

ताँजकोट गाउँपालिकामा एक वटा उजुरी परेको त्यसको फछ्यौट भई सकेको सुचना अधिकारी साप्कोटले बताएका छन् ।  छानबिन भई रहेको उजुरीको अध्ययन तथा स्थलगत रुमा हेर्न अख्तिायरको टोली जिल्लामा आउने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९