नन्द सिंह मंगलबार, भाद्र ०९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,
हुम्लाका ठकुरी वस्तिका गाउँ गाउँमा वर्ष भरिको एक पटक मनाईने गौरा पर्व तामझामका साथ मनाई रहेका छन् । परापूर्व कालदेखि मनाउँदै आएको चाड पर्व यो पटक पनि गाउँ गाउँमा धुमधामका साथ मनाउँदै आएका छन् । जिल्लाका ठकुरी वस्तिमा रहेका व्यक्तिहरुले आफ्नो रितिरिवाजलाई उजागर र जोगाई रहने उदेश्यका साथ गाउँ भन्दा टाढा टाढा गएका व्यक्तिहरु यो वेला घर फर्कने गर्दछन् ।

 

यो पर्वलाई ठूलो पर्वको रुपमा मनाईने भएकाले घरमै आएर रमाइलो गर्ने गरेको स्थानीयको भनाई रहेको छ । यो पर्वमा विशेष गरि महिला पूरुषकै त्यतीकैको भूमिका रहने गर्दछ । जिल्लाका ठकुरी वस्तिले करीव दुईदेखि तीनदिन सम्म मनाउने गर्दछन् । सो पर्वमा रातीको समयमा देउडा गीत, मागल, भारिगीत, जस्ता खेलहरु खेलिन्छ भने दिउसो ढाल तरवार समातेर जन्त खेल्ने घोडा दौडाउने र महिलाहरु वर्त बसेर परमप्रागत रुपमा वेलुकी दुध ढोल्ने (खनाउने) कार्य गर्ने गर्दछन् ।

 

त्यती मात्र नभएर युवा केटाहरु मिलेर बाग्पा बनाएर नाचगान गर्ने गरेको पाइन्छ । सो पर्वलाई विशेष गरेर स्थानीयले दोवाठो भन्ने चलन रहेको छ । वर्पको वेलामा स्थानीयले मिठो मसिनो खाने र निको नौलो लगाउँने चलिचलन याथावतनै छ ।

 

यो पर्वलाई नियमित रुपमा हुम्लाको सिमकोट गाउँपालिकाको डाँडाफया, धारापोरी, पाम्लाथुम, खोल्सी, याङगु, खार्पुनाथ गाउँपालिकाको खर्पेलगाउँ, छिप्रा, माझा, कारङगा, प्युस, लाली, याङचु, र सर्केगाड गाउँपालिकाको साँया, रोडीकोट, गोठी लगायतका गाउँहरुमा धुमधामका साथ मनाउने गरिन्छ । हुम्लामा कोरोना कोभिड १९ को भने खासै प्रभाव नपरेकाले पनि याहाँका मानिसहरु त्यता तर्फ ध्यान नदिने गरेको देखिन्छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९