नन्द सिंह मंगलबार, भाद्र ०९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,
हुम्लाका ठकुरी वस्तिका गाउँ गाउँमा वर्ष भरिको एक पटक मनाईने गौरा पर्व तामझामका साथ मनाई रहेका छन् । परापूर्व कालदेखि मनाउँदै आएको चाड पर्व यो पटक पनि गाउँ गाउँमा धुमधामका साथ मनाउँदै आएका छन् । जिल्लाका ठकुरी वस्तिमा रहेका व्यक्तिहरुले आफ्नो रितिरिवाजलाई उजागर र जोगाई रहने उदेश्यका साथ गाउँ भन्दा टाढा टाढा गएका व्यक्तिहरु यो वेला घर फर्कने गर्दछन् ।

 

यो पर्वलाई ठूलो पर्वको रुपमा मनाईने भएकाले घरमै आएर रमाइलो गर्ने गरेको स्थानीयको भनाई रहेको छ । यो पर्वमा विशेष गरि महिला पूरुषकै त्यतीकैको भूमिका रहने गर्दछ । जिल्लाका ठकुरी वस्तिले करीव दुईदेखि तीनदिन सम्म मनाउने गर्दछन् । सो पर्वमा रातीको समयमा देउडा गीत, मागल, भारिगीत, जस्ता खेलहरु खेलिन्छ भने दिउसो ढाल तरवार समातेर जन्त खेल्ने घोडा दौडाउने र महिलाहरु वर्त बसेर परमप्रागत रुपमा वेलुकी दुध ढोल्ने (खनाउने) कार्य गर्ने गर्दछन् ।

 

त्यती मात्र नभएर युवा केटाहरु मिलेर बाग्पा बनाएर नाचगान गर्ने गरेको पाइन्छ । सो पर्वलाई विशेष गरेर स्थानीयले दोवाठो भन्ने चलन रहेको छ । वर्पको वेलामा स्थानीयले मिठो मसिनो खाने र निको नौलो लगाउँने चलिचलन याथावतनै छ ।

 

यो पर्वलाई नियमित रुपमा हुम्लाको सिमकोट गाउँपालिकाको डाँडाफया, धारापोरी, पाम्लाथुम, खोल्सी, याङगु, खार्पुनाथ गाउँपालिकाको खर्पेलगाउँ, छिप्रा, माझा, कारङगा, प्युस, लाली, याङचु, र सर्केगाड गाउँपालिकाको साँया, रोडीकोट, गोठी लगायतका गाउँहरुमा धुमधामका साथ मनाउने गरिन्छ । हुम्लामा कोरोना कोभिड १९ को भने खासै प्रभाव नपरेकाले पनि याहाँका मानिसहरु त्यता तर्फ ध्यान नदिने गरेको देखिन्छ ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९