राज शाही मंगलबार, भाद्र ०९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हुम्लाको एक गाउँपालिकाले आर्थिक वर्ष ०७६।०७७ मा आएको सामाजिक सुरक्षा भत्ता शिर्षकको रकम मध्य ३० लाख रुपियाँ फिर्ता पठाएको छ । भत्ता पाउनेहरुको नाम दोहोरोपना, मृत्यु भएको नाममा पनि रकम आएपछि पहिलो पटक यति धेरै रकम गाउँपालिकाले फिर्ता पठाएको हो ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भिमराज शाहीले आफ्नो वडाबाट साढे आठ लाख रुपियाँ सामाजिक सुरक्षा शिर्षकको बजेट फिर्ता पठाएको बताए । भत्ता लिएर घरघरमा बुझाउन जाने क्रममा खास खास ब्यक्तिको हातमा दिदा यति धेरै रकम फिर्ता पठाउनु परेको उनको भनाई छ । उनले यसरी सामाजिक सुरक्षा भत्ताको बजेट फिर्ता पठाएको भन्दै कर्मचारी आफु प्रति निक्कै आक्रोशित भएको बताएका छन् । यसअघि सो रकम फिर्ता जाने गरेको थिएन ।

कतिपय वडामा कर्मचारीको मिलोमतोमा उक्त भत्ताको रकम खर्च हुने गरिएको जानकारी आएपछि  घरघरमा पुगेर बितरण गर्न थालिएको छ ।  गाउँपालिका लेखा शाखाका प्रमुख बिशाल बोहराले बास्तबिक सामाजिक सुरक्षा भत्ता पाउने ब्यक्तिहरुको पहिचान भएपछि सिंगो गाउँपालिकाबाट ३० लाख बजेट फिर्ता गएको बताए ।

एउटा वडाबाट पाँच देखि साढे आठ लाख रुपियाँसम्म बजेट फिर्ता गएको बताउदै उनले अब कुनै ब्यक्ति नछुट्ने र कोही नदोहोरिने कामको थालनी भएको बताएका छन् । अहिले मरेका ब्यक्तिको नाममा आएको रकम, दोहोरिएको ब्यक्तिको रकम र फरक परेको ब्यक्तिको नाममा आएको बजेट फिर्ता गरिएको गाउँपालिकाले जनाएको छ ।

यसरी एउटा गाउँपालिकाबाट धेरै बजेट फिर्ता गएको यो पहिलो पटक हो । यसरी सामाजिक सुरक्षा भत्ताको बजेट अन्य कुनै गाउँपालिकाबाट फिर्ता गएको छैन । यसअघि कतिपय गाउँपालिकाले संख्या अनुसार भत्ताको बजेट नआएपछि दामासायी रुपमा बितरण गरेको पनि जनाएका थिए ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९