राज शाही मंगलबार, भाद्र ०९, २०७७ मा प्रकाशित

हुम्ला

हुम्लाको एक गाउँपालिकाले आर्थिक वर्ष ०७६।०७७ मा आएको सामाजिक सुरक्षा भत्ता शिर्षकको रकम मध्य ३० लाख रुपियाँ फिर्ता पठाएको छ । भत्ता पाउनेहरुको नाम दोहोरोपना, मृत्यु भएको नाममा पनि रकम आएपछि पहिलो पटक यति धेरै रकम गाउँपालिकाले फिर्ता पठाएको हो ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भिमराज शाहीले आफ्नो वडाबाट साढे आठ लाख रुपियाँ सामाजिक सुरक्षा शिर्षकको बजेट फिर्ता पठाएको बताए । भत्ता लिएर घरघरमा बुझाउन जाने क्रममा खास खास ब्यक्तिको हातमा दिदा यति धेरै रकम फिर्ता पठाउनु परेको उनको भनाई छ । उनले यसरी सामाजिक सुरक्षा भत्ताको बजेट फिर्ता पठाएको भन्दै कर्मचारी आफु प्रति निक्कै आक्रोशित भएको बताएका छन् । यसअघि सो रकम फिर्ता जाने गरेको थिएन ।

कतिपय वडामा कर्मचारीको मिलोमतोमा उक्त भत्ताको रकम खर्च हुने गरिएको जानकारी आएपछि  घरघरमा पुगेर बितरण गर्न थालिएको छ ।  गाउँपालिका लेखा शाखाका प्रमुख बिशाल बोहराले बास्तबिक सामाजिक सुरक्षा भत्ता पाउने ब्यक्तिहरुको पहिचान भएपछि सिंगो गाउँपालिकाबाट ३० लाख बजेट फिर्ता गएको बताए ।

एउटा वडाबाट पाँच देखि साढे आठ लाख रुपियाँसम्म बजेट फिर्ता गएको बताउदै उनले अब कुनै ब्यक्ति नछुट्ने र कोही नदोहोरिने कामको थालनी भएको बताएका छन् । अहिले मरेका ब्यक्तिको नाममा आएको रकम, दोहोरिएको ब्यक्तिको रकम र फरक परेको ब्यक्तिको नाममा आएको बजेट फिर्ता गरिएको गाउँपालिकाले जनाएको छ ।

यसरी एउटा गाउँपालिकाबाट धेरै बजेट फिर्ता गएको यो पहिलो पटक हो । यसरी सामाजिक सुरक्षा भत्ताको बजेट अन्य कुनै गाउँपालिकाबाट फिर्ता गएको छैन । यसअघि कतिपय गाउँपालिकाले संख्या अनुसार भत्ताको बजेट नआएपछि दामासायी रुपमा बितरण गरेको पनि जनाएका थिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९