राज शाही शनिबार, भाद्र ०६, २०७७ मा प्रकाशित

हुम्ला

नेपाली काँग्रेसका क्रियासिल सदस्यको निधन भएको छ । निधन हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ७ भिमनगर टोल फट्टक्हाल्ना गाउँ रोडीकोट निवासी वर्ष ४२का गणेश छत्याल रहेका छन् ।

शनिवार दिउसो भेडा बाख्रा चरिचरन क्षेत्रमा लगी चराइ रहेको अवस्थामा हावा हुरी चली सुको रुख ढली च्यापिदा छत्यालको निधन भएको हो ।

रुखले च्यापी निधन भएका छत्यालको भोली आइतबार नेपाली काँग्रेस रोडीकोट गाउँ इकाइ समितिले मान सम्मानका सात पाटीको झण्डा ओडाइ हिन्दु परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिने सर्केगाड गाउँ पालिका वडा नं ७ नेपाली काँग्रेसका वडा इकाइ सभापति सक्कलाल उपाध्यायले बताएका छन् ।

निज मृर्तकका ३ छोरा छोरी र १ श्रीमती रहेकी छन् । छत्यालको निधनले नेपाली काँग्रेसले एक होनाहार युवा नेता गुमाएको र पाटीलाई अतुलिन क्षेती पुगेको बताउदै क्रिया सिल सदस्य छत्यालको असामहीक निधन प्रति नेपाली काँग्रेसका केन्द्रिय सदस्य एव पुर्व मन्त्री एव कर्णाली प्रदेशका प्रमुख प्रति पक्ष दलका नेता जिवनबहादुर शाहीले शोकाकुल परिवारजन प्रति इश्वरले धैरेधारण गर्ने शक्ती प्रदान गरुन भनि मृतक आत्मको चिरशान्तीको कामना गर्दै हार्दिक संवेदना प्रकट गर्नु भएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९