राज शाही शुक्रबार, भाद्र ०५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

सडक यातायातले नछोएको हुम्लामा सामान ढुवानी गर्न निजी हवाइ कम्पनीको प्रतिस्पर्धा चलेको छ। यसअघि प्रतिकिलो १ सय ५० रुपैयाँ प्रतिकिलो रहेको हवाइ भाडा लकडाउनयता झण्डै १ सय रुपैयाँमा झरेको छ । ढुवानी सहज भएपछि जिल्लामा खाद्यान्न, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्रीको मौज्दात बढेको छ ।

अहिले नेपालगन्ज र सुर्खेतबाट दैनिकजसो निजी एयरलाइन्सले उडान भरिरहेको निर्माण व्यवसायी शक्तिसिंह ऐडीले बताए । ‘कुनै बेला जहाजले सामान ढुवानी गर्न नमान्दा नेपालगन्ज र सुर्खेतमा निर्माण सामग्री लामो समयसम्म थन्क्याउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले निर्माण सामग्रीको अभाव नभएपछि विकास निर्माणका काम सहज बनेका छन् ।’ लकडाउनयता सामान ढुवानीको सिन्डिकेटसमेत हटेको उनको भनाइ छ ।

यात्रुको चाप नहुँदा पनि सामान ढुवानी सहज बनेको सीता एयरलाइन्स, सिमकोटका स्टेसन प्रमुख छेबेल लामाले बताए । उनका अनुसार सीता एयरले अहिले नेपालगन्ज र सुर्खेतबाट प्रतिकिलो ९५ रुपैयाँमा सामान ढुवानी गरिरहेको छ । सिमकोट विमानस्थलका अनुसार समिट एयर र तारा एयरले १ सय रुपैयाँ प्रतिकिलो सामान ढुवानी गरिरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९