राज शाही बुधबार, भाद्र ०३, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

आजको दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याइन्छ । हरेक वर्ष भाद्र कृष्ण औंशीका दिन मनाइने बुबाको मुख हेर्ने दिन–कुशे औंसी–पितृसम्मान दिवस बुधबार हुम्लामा भव्यताका साथ मनाइएको छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रही आएको छ । सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्ने गर्दछन् ।

आजको दिन छोराछोरीहरू परम्परा अनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने प्रचलन रही आएको छ । यसदिन विशेषगरी खार्पुनाथ गाउँ पालिकाको खार्पु शिवमन्दिरमा पुजा पाठ गर्ने गरिन्छ ।तर यो वर्ष कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण मन्दिर परिसरमा भक्तजनहरुको त्यती घुइचो देखिएको थिएन ।

खार्पु शिव मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्दथ्यो विगतका वर्षहरूमा । त्यहाँ पनि यो वर्ष बन्द गरिएको छ । यस्तै हुम्लाका अन्य तिर्थ तथा धार्मिकस्थलहरू पनि कोरोना संक्रमण फैलिने डरले बन्द गरिएका छन् ।

‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले खार्पु शिवमन्दिर अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्छ भन्ने धार्मिक विश्वास रहीआएको छ । जन्म दिने आमा बाबु र शिक्षा दिने गुरुलाई वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले जीवित देवताका रूपमा मान्ने गर्दछन् ।

 

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९