राज शाही मंगलबार, भाद्र ०२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

तीन दिन लगातार भएको वर्षापछि आएको पहिरोले चार सय भन्दा बढी रोपनी जग्गामा लगाएको बालीनाली नष्ट भएको छ । वर्षा बढी हुदा भिरालो जमिनमा लगाएको बालीमा पहिरो गएपछि धेरै क्षेती भएको हो ।

कोदो लगाएको जग्गालाई पहिरोले बगाएपछि निक्कै चिन्तित हुदै ताँजाकोट गाउँपालिका वडा नम्बर ३ का जगत शाहीले वर्षाले किसानको सत्यानास गरेको बताए । बाली कामै नलाग्ने गरि पहिरोले बगाएको छ । बाली बगाउने मात्र होइन जग्गामा पहिरोले चिरा समेत पारेर काम नलाग्ने बनाएको उनले बताए ।

बालनाली सबै पहिरोले लगेपछि अब ताँजाकोटका किसानलाई भोकमरीको चिन्ता थपिएको छ । यसरी पहिरोबाट बाली  लगाएको जग्गा नास नहुने कुनै किसानहरु छैनन । एउटा किसानको तीन देखि पाँच रोपनी बाली लगाएको जग्गा बगाएपछि किसानको रुवाबासी चलेको स्थानीयबासीले बताएका छन् ।

तीन रोपनी चिनो लगाएको जग्गा नास भएपछि ताँजाकोट गाउँपालिका वडा नम्बर २ की धान्नपुरी मल्लले पहिरोले सत्यानास भएको बताईन । बाली लगाएको जग्गामा जताततै पहिरोले नास गरेको दृश्य मात्र देखिने भएकोले किसानलाई मन थाम्न पनि कठिन भएको उनले बताईन ।

जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको जताततै बाढी पहिरो गएर चार सय भन्दा बढी रोपनी जग्गामा लगाएको बाली नष्ट भएको गाउँपालिकाका उपाध्यक्ष मन्जु बुढाले बताईन । पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाको जग्गामा बढी वर्षा भएकै कारण पहिरो गएको हो ।

जग्गामा कोदो, चिनो, कागुनो, धान लगाएतका खाद्य तथा दलहन बाली लगाएको थियो । यसबाट पाँच देखि सात करोडको बाली नष्ट भएको गाउँपालिकाले जनाएको छ । बाला पसाउने बेला बाली नष्ट भएपछि किसानहरुलाई चिन्तित तुल्याएको छ ।

अधिकाँस किसानलाई आफ्नै उत्पादनले छ देखि आठ महिना मात्र खाना पुग्ने अबस्था भएको बेला यसपाली त्यो बाली पनि नष्ट हुदा मंसीर पछि भोकमारी हुने संभावना बढेको छ । भदौ महिना लागेको कारण पहिरो गएको जग्गामा अन्य बाली लगाउने संभावना पनि देखिएको छैन ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९