राज शाही मंगलबार, भाद्र ०२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

तीन दिन लगातार भएको वर्षापछि आएको पहिरोले चार सय भन्दा बढी रोपनी जग्गामा लगाएको बालीनाली नष्ट भएको छ । वर्षा बढी हुदा भिरालो जमिनमा लगाएको बालीमा पहिरो गएपछि धेरै क्षेती भएको हो ।

कोदो लगाएको जग्गालाई पहिरोले बगाएपछि निक्कै चिन्तित हुदै ताँजाकोट गाउँपालिका वडा नम्बर ३ का जगत शाहीले वर्षाले किसानको सत्यानास गरेको बताए । बाली कामै नलाग्ने गरि पहिरोले बगाएको छ । बाली बगाउने मात्र होइन जग्गामा पहिरोले चिरा समेत पारेर काम नलाग्ने बनाएको उनले बताए ।

बालनाली सबै पहिरोले लगेपछि अब ताँजाकोटका किसानलाई भोकमरीको चिन्ता थपिएको छ । यसरी पहिरोबाट बाली  लगाएको जग्गा नास नहुने कुनै किसानहरु छैनन । एउटा किसानको तीन देखि पाँच रोपनी बाली लगाएको जग्गा बगाएपछि किसानको रुवाबासी चलेको स्थानीयबासीले बताएका छन् ।

तीन रोपनी चिनो लगाएको जग्गा नास भएपछि ताँजाकोट गाउँपालिका वडा नम्बर २ की धान्नपुरी मल्लले पहिरोले सत्यानास भएको बताईन । बाली लगाएको जग्गामा जताततै पहिरोले नास गरेको दृश्य मात्र देखिने भएकोले किसानलाई मन थाम्न पनि कठिन भएको उनले बताईन ।

जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको जताततै बाढी पहिरो गएर चार सय भन्दा बढी रोपनी जग्गामा लगाएको बाली नष्ट भएको गाउँपालिकाका उपाध्यक्ष मन्जु बुढाले बताईन । पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाको जग्गामा बढी वर्षा भएकै कारण पहिरो गएको हो ।

जग्गामा कोदो, चिनो, कागुनो, धान लगाएतका खाद्य तथा दलहन बाली लगाएको थियो । यसबाट पाँच देखि सात करोडको बाली नष्ट भएको गाउँपालिकाले जनाएको छ । बाला पसाउने बेला बाली नष्ट भएपछि किसानहरुलाई चिन्तित तुल्याएको छ ।

अधिकाँस किसानलाई आफ्नै उत्पादनले छ देखि आठ महिना मात्र खाना पुग्ने अबस्था भएको बेला यसपाली त्यो बाली पनि नष्ट हुदा मंसीर पछि भोकमारी हुने संभावना बढेको छ । भदौ महिना लागेको कारण पहिरो गएको जग्गामा अन्य बाली लगाउने संभावना पनि देखिएको छैन ।

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९