नन्द सिंह मंगलबार, भाद्र ०२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,
बाढी र पहिरोबाट विस्थापित बनेका ताँजाकोट गाउँपालिकामा कर्णाली प्रदेश सरकारबाट अत्यावश्यक वस्तु राहत सहित ताँजाकोट हिडेको छ ।
कर्णाली प्रदेशका आर्थिक मार्मिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, कर्णाली प्रदेश राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर दीपेन्द्र रोकाया लगायत टोली बाजुरा हुदै ताजाँकोट हिडेको हो ।
मंगलबार जहाजमार्फत सुर्खेतबाट बाजुरा हुदै त्रिपाल,कम्बल र अत्यावश्यक सामान सहित बाजुराको कोल्टी ताँजाकोट तर्फ हिडेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दाल रावलले जानकारी दिए ।
सरकारले हेलिकप्टर उपल्बध नगरेपछि जहाजबाट सामान सहित बाढी पहिरोबाट विस्थापित स्थान तर्फ लगेको सामाजिक विकास मन्त्री रावलको भनाई छ । डेढ सय त्रिपाल, डेढ सय कम्बल र अत्यावश्यक राहत सामाग्री लिएर कर्णाली प्रदेश सरकार ताजाँकोट गाउँपालिका आएका छन ।
बाढी र पहिरोबाट विस्थापित ताँजाकोट गाउँपालिकामा कैयौँ परिवार हप्तौदेखि त्रिपालको ओत लगेर बस्न बाध्य छन । बाढी पहिरोले ओत लाग्ने घर र जायजेथा बगाएपछि यहाँका स्थानीयबासीहरु त्रिपालको साहारामा बस्न बाध्य भएको स्थानीय गोपाल बुढाले बताए ।
गाउँपालिका भरी नै बाढी पहिरोबाट उच्च जोखिम छ करिब तीन सय घर परिवार विस्थापित भएको बुढाले बताए । विशेष गरी ताँजाकोट गाउँपालिका–२,३,र ४ नम्बर वडामा मात्रै दर्जनमौ घर भत्किनुका साथै कैयौ परिवार विस्थापित भएका छन । गाउँपालिका कार्यालय समेत उच्च जोखिममा र
छप्रेला बजारका होटेल, पसल र घरहरू भत्किएपछि घरधनी विस्थापित भएका छन । बाढीले उतिसेनी, छप्रेला बजार, भदालदिपु, गल्लावाडा, खर्रा, देउलागैरा, चौतारीवाडा भियालवाडा, काउलामगडालगायत स्थानमा पनि घरहरू भत्काएर विस्थापित भएका छन ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९