राज शाही सोमबार, भाद्र ०१, २०७७ मा प्रकाशित

किर्ते मुद्दामा वडा अध्यक्षलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा खार्पुनाथ गाउँ पालिका वडा नं १ का वडा अध्यक्ष मकुसिह वुढा रहेका छन् । आइतबार पक्राउ गरिएका वडा अध्यक्षलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा वयान कार्य गरिएको छ ।

बिजाया वुढाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मकुसिह वुढा भएको किर्ते मुद्दामा निजलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरेको हो ।

हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं.१ गोप्का गाउँ वस्ने हाल सोही वडाको वडा  अध्यक्ष मकुसिङ वुढाको जन्म मिति २०१० साल भएको र निजले जिल्ला प्रशासन कार्यालय हुम्लाबाट मिति २०४५।१।७ गतेका दिन नागरिकता वनाइ लिएको तर निज आफैले मनोमाना नागरिकतामा केरमेट गरि आफ्नो जन्म मिति २००० साल बनाइ किर्ते गरि विगत १५ वर्ष देखि वृद्ध भत्ता समेत खाँदै आइ सरकारी रकमको पनि हिना मिना गरी दुरुउपयोग गरेको  आरोप लगाइएको छ ।

नागरिकता केरमेट गरेकाले निजलाई नागरिकता ऐन अन्तरगत कारवाही गरी १५ वर्ष सम्म खाएको वृद्ध भत्ता पनि असुल उपर गरी हदै सम्मको कारवाही गरी पाउँ भन्ने जाहेरवाली विजया वुढाले जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरी २०७५ साल असोज २२ गते दर्ता गरेकी हुन ।

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ मा किर्ते गर्नेलाई हुने सजाय र जरिवानाको व्यवस्था गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९