दाने बोहरा आइतबार, साउन ३२, २०७७ मा प्रकाशित

महिनौ दिनदेखि सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहोरको थुप्रो बल्ल उठाइएको छ । फोहोरको कारण कुरुप बन्दै गएपछि सिमकोट गाउँपालिकाका जनप्रतिनीधी र कर्मचारीहरु मिलेर सरसफाई गरेका हुन् ।
आइतबार गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, वडाध्यक्षहरु र प्रमुख प्रशासकिय अधिकृत, गाउँपालिका सबै शाखाका कर्मचारीको सक्रिय पछि महिनौ दिनपछि उठाइएको छ ।
कालिञ्चोक,लोकतन्त्रचोक,बालमन्दिरचोक,काठेचुलीचोकमा थुप्रिएको फोहोर थुप्रो उठाएपछि बजार सुन्दर देखिएको छ ।
महिनौदिन देखि फोहोरमय बनेको सिमकोट गाउँपालिका बजार क्षेत्रमा थुप्रिएको फोहोर अध्यक्ष,उपाध्क्ष,वडाध्यक्षहरु,प्रमुख प्रशासकिय अधिकृत र गाउँ कर्मचारी मिलेर फोहोर व्यवस्थापन गरेपछि बजार सफा सुघर भएको हो । जनप्रतिनीधिहरु कर्मचारीहरु हातमा गल्वस र मुख मास्क लगाएर फोहोर व्यवस्थापनमा जुटेका थिए ।
फुर्सदिला कार्यालय सहयोगी
सिमकोट गाउँपालिकामा ३६ जना कार्यालय सहयोगि भएपनि फर्सदिला देखिएका छन् । गाउँपालिकाले ३ जना कार्यालय सहयोगीहरुलाई फोहोर व्यवस्थापन गर्ने जिम्मा दिएको छ । ३ जना कार्यालय सहयोगीलाई बजार क्षेत्रमा जम्मा भएको फोहोर टयाक्टरमा राख्ने जिम्मा रहेको छ । बजार क्षेत्रको फोहोर उपभोक्ताले जताततै फाल्ने गरेपछि समस्या भएको सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले जानकारी दिए । प्रत्येक शुत्रबार फोहोर व्यवस्थापन गर्दा समेत बजार क्षेत्रका उपभोक्ताले फोहोर जताततै फाल्ने गरेपछि फोहोर छिटो छिटो जम्मा हुने गरेको प्रमुख प्रशासकिय अधिकृत रोकायाको भनाई छ ।
महिनौदिनदेखि फोहोरमय बनेको सिमकोट गाउँपालिका र आसपास र बजार क्षेत्रमा गाउँपालिकाको जनप्रतिनीधिहरु कर्मचारी मिलेर फोहोर व्यवस्थापन अभियान सुरु गरेका हुन् । सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहोर जताततै थुप्रिएपछि सर्वसाधारणलाई छि छि दुर दुर गदै हिडने गरेका थिए । फोहोर तत्काल व्यवस्थापन नगरिएपछि महामारी फैल्न सक्ने सरोकारवालाहरुले दुखेसो गरेका छन । महिनौ दिनसम्म फोहोर व्यवस्थापन नहुदा मानविय स्वास्थ्यमा गम्भिर असर गर्ने सम्भावन रहेको सरोकारवालाको भनाई छ ।

केही तस्विरहरु

महिना दिन सम्म थुप्रियको फोहोर

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९