दाने बोहरा आइतबार, साउन ३२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

महिनौ दिनदेखि सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहोरको थुप्रो बल्ल उठाइएको छ । फोहोरको कारण कुरुप बन्दै गएपछि सिमकोट गाउँपालिकाका जनप्रतिनीधी र कर्मचारीहरु मिलेर सरसफाई गरेका हुन् ।
आइतबार गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, वडाध्यक्षहरु र प्रमुख प्रशासकिय अधिकृत, गाउँपालिका सबै शाखाका कर्मचारीको सक्रिय पछि महिनौ दिनपछि उठाइएको छ ।
कालिञ्चोक,लोकतन्त्रचोक,बालमन्दिरचोक,काठेचुलीचोकमा थुप्रिएको फोहोर थुप्रो उठाएपछि बजार सुन्दर देखिएको छ ।
महिनौदिन देखि फोहोरमय बनेको सिमकोट गाउँपालिका बजार क्षेत्रमा थुप्रिएको फोहोर अध्यक्ष,उपाध्क्ष,वडाध्यक्षहरु,प्रमुख प्रशासकिय अधिकृत र गाउँ कर्मचारी मिलेर फोहोर व्यवस्थापन गरेपछि बजार सफा सुघर भएको हो । जनप्रतिनीधिहरु कर्मचारीहरु हातमा गल्वस र मुख मास्क लगाएर फोहोर व्यवस्थापनमा जुटेका थिए ।
फुर्सदिला कार्यालय सहयोगी
सिमकोट गाउँपालिकामा ३६ जना कार्यालय सहयोगि भएपनि फर्सदिला देखिएका छन् । गाउँपालिकाले ३ जना कार्यालय सहयोगीहरुलाई फोहोर व्यवस्थापन गर्ने जिम्मा दिएको छ । ३ जना कार्यालय सहयोगीलाई बजार क्षेत्रमा जम्मा भएको फोहोर टयाक्टरमा राख्ने जिम्मा रहेको छ । बजार क्षेत्रको फोहोर उपभोक्ताले जताततै फाल्ने गरेपछि समस्या भएको सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले जानकारी दिए । प्रत्येक शुत्रबार फोहोर व्यवस्थापन गर्दा समेत बजार क्षेत्रका उपभोक्ताले फोहोर जताततै फाल्ने गरेपछि फोहोर छिटो छिटो जम्मा हुने गरेको प्रमुख प्रशासकिय अधिकृत रोकायाको भनाई छ ।
महिनौदिनदेखि फोहोरमय बनेको सिमकोट गाउँपालिका र आसपास र बजार क्षेत्रमा गाउँपालिकाको जनप्रतिनीधिहरु कर्मचारी मिलेर फोहोर व्यवस्थापन अभियान सुरु गरेका हुन् । सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहोर जताततै थुप्रिएपछि सर्वसाधारणलाई छि छि दुर दुर गदै हिडने गरेका थिए । फोहोर तत्काल व्यवस्थापन नगरिएपछि महामारी फैल्न सक्ने सरोकारवालाहरुले दुखेसो गरेका छन । महिनौ दिनसम्म फोहोर व्यवस्थापन नहुदा मानविय स्वास्थ्यमा गम्भिर असर गर्ने सम्भावन रहेको सरोकारवालाको भनाई छ ।

केही तस्विरहरु

महिना दिन सम्म थुप्रियको फोहोर

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९