नन्द सिंह शनिबार, साउन ३१, २०७७ मा प्रकाशित

हुम्ला,
विगत लामो समयखि हुम्ला जिल्लामा विभिन्न किसिमका समस्याका एजेण्डाको सही कुरा उठान गर्दै आएको नागरिक समाज सञ्जालको बैठक सम्पन्न भएको छ । एक वर्षदेखि सो सञ्जालको बैठक र समस्यामाथी बाधा अड्चानलाई उठान गरि हल गर्दै आएको हिमाली शिक्षा र विकास (HEAD NEPAL) लाई सदस्य सचिवबाट विदाई गर्दै नेपाल अस्ट्रेलिया साझेदारी संस्था (NAPO) लाई स्वागत कार्यक्रम गरिएको थियो ।

जिल्लामा सरकारी तथा गैर सरकारी निकाय, स्थानीय तह लगायतका निकायहरुबाट उत्पन्न भएका समस्याहरुबाट समधानका लागि नागरिक समाजले हालसम्म उक्त विषयलाई उठान गरि निर्मुलीकरण गरि रहेको देखिन्छ । त्यसका बावाजुत हुम्लामा नागरिक समाजको पत्र्यक महिनामा बैठक बसेर विभिन्न विषयको उपलव्धि के भयोत ? त्यसको छिनोफानो गर्ने उदेश्यका साथ बैठक बस्ने गरेको छ । साउन ३१ गते बसेको बैठकले हालसालै जिल्लामा रहेका विविध समस्याहरुको विषयमा उठान गर्ने निर्णय गरेको सोही सञ्जालका संयोजक गणेश महतले बताउनु भयो । उहाँका अनुसार विश्वलाई आक्रन्त पर्ने गरि फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न बचाउन आवश्यक पूर्व तयारी तथा व्यवस्थापनमा सम्वन्धित निकायलाई प्राथामिक्ताकासाथ लाग्न र कोरोना भाइरस माहामारीलाई लक्षित गर्दै छिमेकी मुलुक चीनको पुराङकन्ट्र्रीले भरखरै प्रदान गरेको स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री हस्तान्त्रणको बास्तविक्ता कुट्नितिक मर्यादा कायम गर्ने र गराउने विषयमा आवश्यक सहयोग तथा सहजिकरणका लागि हुम्ला नागरिक समाजबाट सात जनाको कार्यदल गठन सम्वन्धिको निर्णय गरेको छ ।

त्यस्तै साउन ३१ गतेदेखि एक वर्ष सम्मका लागि हुम्ला नागरिक समाजको सदस्य सचिवका रुपमा नेपाल अस्ट्रेलिया साझेदारी संस्थालाई जिम्मा दिएको थियो । एक वर्षको अवधि भरि नागरिक समाजको विभिन्न कार्यहरुलाई सफल्ता पूर्वक कार्य सञ्चालन गरिदिएको भन्दै हेड नेपाललाई सधन्यवाद दिई विदाई समेत गरिएको थियो । सो समाजमा रहेका व्यक्तिहरुले जिल्लामा कोरोनाबाट आई पर्ने समस्या समधानका लागि स्वीच्छिक रुपमा आफूबाटै सामान्य आर्थिक उठान गर्दै आएको छ । सो बैठक नागरिक समाजका संयोजक गणेश महतको अध्यक्षतामा साउन ३१ गते विहान ८ वजे मानसरोवर होटेलमा बसेको थियो । उक्त बैठकमा नागरिक समाजका सम्पूर्ण सदस्यहरुको उपस्थिती रहेको नागरिक समाजले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९