नन्द सिंह शनिबार, साउन ३१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,
विगत लामो समयखि हुम्ला जिल्लामा विभिन्न किसिमका समस्याका एजेण्डाको सही कुरा उठान गर्दै आएको नागरिक समाज सञ्जालको बैठक सम्पन्न भएको छ । एक वर्षदेखि सो सञ्जालको बैठक र समस्यामाथी बाधा अड्चानलाई उठान गरि हल गर्दै आएको हिमाली शिक्षा र विकास (HEAD NEPAL) लाई सदस्य सचिवबाट विदाई गर्दै नेपाल अस्ट्रेलिया साझेदारी संस्था (NAPO) लाई स्वागत कार्यक्रम गरिएको थियो ।

जिल्लामा सरकारी तथा गैर सरकारी निकाय, स्थानीय तह लगायतका निकायहरुबाट उत्पन्न भएका समस्याहरुबाट समधानका लागि नागरिक समाजले हालसम्म उक्त विषयलाई उठान गरि निर्मुलीकरण गरि रहेको देखिन्छ । त्यसका बावाजुत हुम्लामा नागरिक समाजको पत्र्यक महिनामा बैठक बसेर विभिन्न विषयको उपलव्धि के भयोत ? त्यसको छिनोफानो गर्ने उदेश्यका साथ बैठक बस्ने गरेको छ । साउन ३१ गते बसेको बैठकले हालसालै जिल्लामा रहेका विविध समस्याहरुको विषयमा उठान गर्ने निर्णय गरेको सोही सञ्जालका संयोजक गणेश महतले बताउनु भयो । उहाँका अनुसार विश्वलाई आक्रन्त पर्ने गरि फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न बचाउन आवश्यक पूर्व तयारी तथा व्यवस्थापनमा सम्वन्धित निकायलाई प्राथामिक्ताकासाथ लाग्न र कोरोना भाइरस माहामारीलाई लक्षित गर्दै छिमेकी मुलुक चीनको पुराङकन्ट्र्रीले भरखरै प्रदान गरेको स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री हस्तान्त्रणको बास्तविक्ता कुट्नितिक मर्यादा कायम गर्ने र गराउने विषयमा आवश्यक सहयोग तथा सहजिकरणका लागि हुम्ला नागरिक समाजबाट सात जनाको कार्यदल गठन सम्वन्धिको निर्णय गरेको छ ।

त्यस्तै साउन ३१ गतेदेखि एक वर्ष सम्मका लागि हुम्ला नागरिक समाजको सदस्य सचिवका रुपमा नेपाल अस्ट्रेलिया साझेदारी संस्थालाई जिम्मा दिएको थियो । एक वर्षको अवधि भरि नागरिक समाजको विभिन्न कार्यहरुलाई सफल्ता पूर्वक कार्य सञ्चालन गरिदिएको भन्दै हेड नेपाललाई सधन्यवाद दिई विदाई समेत गरिएको थियो । सो समाजमा रहेका व्यक्तिहरुले जिल्लामा कोरोनाबाट आई पर्ने समस्या समधानका लागि स्वीच्छिक रुपमा आफूबाटै सामान्य आर्थिक उठान गर्दै आएको छ । सो बैठक नागरिक समाजका संयोजक गणेश महतको अध्यक्षतामा साउन ३१ गते विहान ८ वजे मानसरोवर होटेलमा बसेको थियो । उक्त बैठकमा नागरिक समाजका सम्पूर्ण सदस्यहरुको उपस्थिती रहेको नागरिक समाजले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९