राज शाही शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित

हुम्ला

बहुउपयोगी फलका रुपमा परिचित हुम्ला जिल्लामा उत्पादन हुने चुली एक महिना ढिलो गरि पाकेको छ । मौसममा आएको परिबर्तनको कारण असार मसान्तभित्र पाकी सक्ने चुली एक महिना ढिलो गरि पाकेको हो । असार अन्तिमसम्म पाक्नु पर्ने चुली ढिलो पाकेको सिमकोट गाउँपालिका का स्थानीयले बताएका छन् ।

पहिले यतिबेला पाकेको चुलीको फलबाट निक्लेको ठाठिला सुकाउने बेला भएको हो । आरु प्रजातिमा पर्ने चुलीको बाहिरी फल खान मिल्ने, सुकुटी बनाउन हुने र जुस पनि बनाउन सकिन्छ । साउन भदौ महिनामा फल भित्रको हड्डी सुकाएर भित्रको  गुदी ( मिजुला ) निकाल्ने समय भएपनि अहिले चुली ढिलो पाकेको कारण यी काम सबै ढिलो हुने छ ।

चुलीको भित्र हुने मिजुलाबाट तेल पनि निकालिन्छ । उक्त तेल मालिस तथा कस्मेटिकका सामान उत्पादनमा प्रयोग हुने गर्छ । हुम्लामै चुलीको तेल प्रति लिटर चार सय असी रुपियाँ पर्ने गर्छ । यसरी चुली एक महिना ढिलो पाक्नुको मुख्य कारण मौसममा आएको परिबर्तन भएको स्याउ जोन कार्यक्रममा प्रमुख रामसुरथ पालले बताए ।

पहिले भन्दा हुम्ला जिल्लामा गर्मी बढेकै कारण चुली ढिलो पाकेको हुन सक्ने उनले बताए । यसअघि चुली खेतबारी तथा बनमा आफै उम्रने भएपनि चुलीबाट फाईदा लिन थालेपछि किसानहरु खेतीका रुपमा चुलीका बिरुवा लगाउन थालेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९