राज शाही मंगलबार, साउन २७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

जिल्ला दक्षिणी क्षेत्रको गाउँपालिकामा चार दिनदेखि प्रसुती ब्यथा लागेकी महिलाको उद्धार हुन सकेको छैन ।  सडक यातायात नजोडिनु र हवाई उद्धारका लागि पहलमा ढिलाई भएपछि  उनको उद्धार हुन नसकेको हो ।

ताँजाकोट गाउँपालिका वडा नम्बर १ को काँडागाउँकी २३  वर्षकी  बिपना खड्कालाई चार दिन अघि घरमै ब्यथा लागेको अबस्थामा मैला स्वास्थ्य चौकीमा बोकेर  ल्याई राखिएको भएपनि सुत्केरी हुन नसकेपछि उनी प्रशय ब्यथाले छटपटिएको स्थानीय  धर्मराज जैशीले बताए । वर्षाले बाटो घाटो बन्द भएको र टेलिफोन सेवा समेत राम्रोसंग सुचारु नभएपछि जिल्लामा खबर गर्न कठिन भएको उनले बताए ।

स्वास्थ्य चौकीमा सुत्केरी गराउने दक्ष जनशक्तिको अभाब र अप्रेशनका लागि उपकरण नहुदा केही गर्न नसकिएको स्वास्थ्य चौकीले जनाएको छ । गाउँपालिकाबाट ब्यथा लागेकी महिलाको खबर आएको र हवाई उद्धारका लागि पहल  भई सकेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताए ।

पत्र प्राप्त हुना साथ हवाई उद्धारका लागि गृह तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसंग उद्धारका लागि पहल भए अनुसार हेलिकप्टरको ब्यबस्था भएको प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीले बताए । प्राप्त खबर अनुसार उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर सुर्खेतमा तयारी अबस्थामा रहेको र सुर्खेतमा पानी परेको कारण उद्धार हुन नसकेको हो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९