राज शाही मंगलबार, साउन २७, २०७७ मा प्रकाशित

हुम्ला

जिल्ला दक्षिणी क्षेत्रको गाउँपालिकामा चार दिनदेखि प्रसुती ब्यथा लागेकी महिलाको उद्धार हुन सकेको छैन ।  सडक यातायात नजोडिनु र हवाई उद्धारका लागि पहलमा ढिलाई भएपछि  उनको उद्धार हुन नसकेको हो ।

ताँजाकोट गाउँपालिका वडा नम्बर १ को काँडागाउँकी २३  वर्षकी  बिपना खड्कालाई चार दिन अघि घरमै ब्यथा लागेको अबस्थामा मैला स्वास्थ्य चौकीमा बोकेर  ल्याई राखिएको भएपनि सुत्केरी हुन नसकेपछि उनी प्रशय ब्यथाले छटपटिएको स्थानीय  धर्मराज जैशीले बताए । वर्षाले बाटो घाटो बन्द भएको र टेलिफोन सेवा समेत राम्रोसंग सुचारु नभएपछि जिल्लामा खबर गर्न कठिन भएको उनले बताए ।

स्वास्थ्य चौकीमा सुत्केरी गराउने दक्ष जनशक्तिको अभाब र अप्रेशनका लागि उपकरण नहुदा केही गर्न नसकिएको स्वास्थ्य चौकीले जनाएको छ । गाउँपालिकाबाट ब्यथा लागेकी महिलाको खबर आएको र हवाई उद्धारका लागि पहल  भई सकेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताए ।

पत्र प्राप्त हुना साथ हवाई उद्धारका लागि गृह तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसंग उद्धारका लागि पहल भए अनुसार हेलिकप्टरको ब्यबस्था भएको प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीले बताए । प्राप्त खबर अनुसार उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर सुर्खेतमा तयारी अबस्थामा रहेको र सुर्खेतमा पानी परेको कारण उद्धार हुन नसकेको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९