नन्द सिंह सोमबार, साउन २६, २०७७ मा प्रकाशित

हुम्ला,
कर्णाली प्रदेशको मुख्य मन्त्रीको सचिवालयद्धारा कोरोना नियन्त्रण सम्वन्धिका सामग्री हस्तान्त्रण गरिएको छ । उक्त सामग्री नापाल कम्युनिष्ट पार्टि (नेकपा) लाई हस्तान्त्रण गर्दै साउन २६ गते नै नेकपाले पनि सो सामग्री जिल्ला प्रशासन कार्यालय हुम्लालाई बुझाएको हो ।

कर्णाली प्रदेशको मुख्य मन्त्रीको सचिवालयले नेकपालाई हस्तान्त्रण गरेता पनि वास्तावमा जिल्लामा कोरोना नफैलियोस भन्दै नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, जिल्ला अध्यक्ष लालकेश जैसी, कार्यालय सचिव कमल बोहरा र मुख्य मन्त्रीका सचिवालय सदस्य लोकेन्द्र बहादुर शाहीले प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीलाई साउन २५ गते सो सामग्री हस्तान्त्रण गरिएको नेकपा हुम्लाका कार्यालय सचिव कमल बोहराले बताउनु भयो ।

उहाँका अनुसार सो सामग्री मुख्य मन्त्रीका सचिवालय सदस्य शाहीको रोहवरमा प्रमुख जिल्ला अधिकारी गिरीलाई बुझाइएको बताउनु भयो । विशेष गरि फिल्डमा खटिने भएकाले सुरक्षाकर्मीहरुलाई मध्य नजर गर्दै उक्त सामग्री हस्तान्त्रण गरिएको सचिव बोहराको भनाई छ । हाल वितरण गरिएका सामग्रीमा २ हजार सर्जिकल मास्क, २ हजार मेडीकल मास्क र १९० मोडेलको २५ पिस गरि जम्म ४ हजार २५ पिस मास्कहरु रहेका थिए भने १० लिटर सेनीटाइजर समेत नेकपाले हस्तान्त्रण गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) ले हुम्ला जिल्लामा कोरोना कहरको संक्रमण नफैलियोस भन्ने उदेश्यका साथ सो सामग्री हस्तान्त्रण गरिएको खवर आएको छ । हस्तान्त्रण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, जिल्ला अध्यक्ष लालकेश जैसी, कार्यालय सचिव कमल बोहरा, कर्णाली प्रदेशका मुख्य मन्त्रीको सचिवालय सदस्य लोकेनद्र बहादुर शाही, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरी, प्रहरी नायव उपरिक्षक सुर्य प्रकास सुवेदी, ससस्त्र प्रहरी वलका डिएसपी मोहन विष्ट, अनुसन्धान अधिकृत सञ्जिव चौधरी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९