राज शाही सोमबार, साउन २६, २०७७ मा प्रकाशित

हुम्ला

हुम्लाको हिल्सामा रहेको सिमा प्रहरी चौकीलाई चीनको बुराङ काउण्टी ताक्लाकोटको स्थानीय सरकारले अठार प्रकारका सामाग्री सहयोग गरेको छ । हिल्सामा रहेको प्रहरी चौकीलाई कोरोना संक्रमण बिरुद्ध प्रयोग हुने देखि अन्य किसिमका सामानहरु सहयोग गरेको हो ।

हुम्ला जिल्लाका प्रहरी नायब उपरिक्षक सुर्य प्रकास सुबेदीका अनुसार सिमा प्रहरी चौकी हिल्सालाई निशुल्क रुपमा बिभिन्न सामाग्री सहयोग प्राप्त भएको बताए। यी सामाग्री प्राप्त भएपछि बिकटको सिमा क्षेत्रमा प्रहरीलाई काम गर्न सहज हुनेछ ।

प्रहरी चौकीलाई प्राप्त भएका सामाग्रीहरुमा मोवाईल सेट, फायर गन, लगस्टिक, लगस्टिकको डोरी, टर्च लाईट, हाते टर्च लाईट, नाइलनको डोरी, लाईफ ज्याकेट, स्पिड ब्रेकर, हाते माईक, साईड कन्ट्रोल निक्याप, स्क्यानर मेटल डिडेक्टर, आगो नियन्त्रण यन्त्र, ब्याटल रहेका छन् ।

त्यसै गरि कोरोना संक्रमण बिरुद्ध प्रहरीलाई प्रयोग गर्नका लागि चार कार्टुन सेनिटाईजर,  १५ थान पन्जा र थर्मोगन पनि सहयोग प्राप्त भएको छ । यसअघि सिमा चौकीमा रहेका प्रहरीहरुले सामान्य मास्क प्रयोग गर्दै आएका थिए । प्राप्त सामानहरु चौकीमा राखिएको छ । सामाग्री सहित चिनीया प्रहरी हिल्सामा आएर हस्तान्तरण गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९