दाने बोहरा शनिबार, साउन २४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको सामुदायिक स्वास्थ्य ईकाइ मा ताला लगाईएको छ । प्रदेश सरकारबाट सन्चालिल सामुदायिक स्वास्थ्य ईकाइको राखियको भवनको सात महिना देखि भाडा नदियको भन्दै एक हप्ताबाट स्वास्थ्य ईकाइ बन्द रहेको छ । स्वास्थ्यकर्मि पनि नियमित नबस्दा खोल्सि गाउँका स्थानिय बिरामि हुदा सदरमुकाम सिमकोट पुग्नु पर्ने र घरभाडा नदिदा ताला लगायर बन्द गरिएको घरधनि मान बहादुर शाहिले जानकारि दिनुभयो ।
खोल्सि गाउका करिब ९० घरधुरि मिलेर ताला लगायको बताईएको छ ।
एक जना कार्यालय सहयोगी सहित तीन जना कर्मचारीको दरबन्दी रहेको भएता पनि स्वास्थ्यकर्मी नियमित नबस्नु र गाउमा सामान्य बिरामि हुदा अौषधि नपाउदा बन्द गरिएको हो ।
यता जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख प्रेम सिंहका अनुसार कर्मचारीको तलब मात्रै प्रदेश सरकारले खुवाउने र घरभाडाको लागि सिमकोट गाउपालिकाले नै ब्यहोरेको बताउनु भयो ।
गत वर्ष प्रदेश सरकारले बजेट बढि पठाएका कारण बचेको रकमले घरभाडा दियको तर यो वर्ष रकम कम पठाउदा घरभाडा दिन नसकियको वडाध्यक्ष चक्र बुढाले बताउनुभयो । वडाध्यक्ष बुढाका अनुसार वडामा बजेट नभयका कारण आफू पनि अलमलमा परेको बताउनुभयो

खोल्सि गाउँका स्थानियहरु बिरामि हुदा छिमेकि गाउँमा रहेको स्याडा पुग्नु पर्ने बाध्यता रहेको छ ।
सिमकोट गाउँपालिका र वडाले कुनै वास्ता नदिदा गाउमा स्वास्थ्य संस्था स्थापना भयपनि व्यवस्थापन गर्न नसक्दा समस्या निम्तियको स्थानियको भनाई रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९