राज शाही शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित

हुम्ला

युवा नेता एव पुर्व मन्त्री जिवनबहादुर शाही जन्म भुमीमा जानु भएको छ । पुर्व मन्त्री शाही हुम्ला आए संगै जिल्लाको विकास र निकासका लागी जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी राजनितिज्ञ लगाएतका व्यक्तित्वहरु संग जिल्लाका विभित विषयमा छलफल गरी जानकारी लिने काम गरिरहेका छन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका शाही नेपाली काँग्रेसको १४ औ महाधिवेसनका लागी जिल्लाका वडा तहका गाउँ इकाइ समिति देखि जिल्ला कार्यसमिति सँग छलफल तथा बहस गरी रहेका छन् । यस अघि हुम्ला निर्वाचन क्षेत्र नं ख का नेता तथा कार्यकर्ताको बैठकमा सहभागीता जनाएका थिए ।

हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं ख मा खार्पुनाथ, नाम्खा र सिमककोट गाउँ पालिका रहेका छन् । ३ वटा गाउँ पालिकामा  १९ वटा वडा पालिका रहेका छन् । यस अघि केन्दिय सदस्य शाहीले १९ वटै वडाका नेपाली काँग्रेस पदाधीकारी संग भेट घाट गरी नेपाली काँग्रेसको क्रियासिल सदस्यता वितरण, नविकरण, मृत्यु,  निष्क्रिय र नेपाली काँग्रेस पाटीबाट अन्य पाटीमा प्रवेस गरेका व्यक्तीहरुको लगत संकलन गर्ने बारे छलफल चलाएका थिए ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाही खार्पुनाथ गाउँ पालिका वडा नं ५  खर्पेल गाउँमा जन्मनु भएको हो । शाहीको आफ्नो मतदान केन्द्र रहेको खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडाका वडा इकाइ समितिहरु संग नेपाली काँग्रेसको क्रियासिल सदस्यता वितरण नविकरण लगाएतका विषयमा खार्पुनाथ गाउँ पालिका स्तरिय नेपाली काँग्रेसको बैठक आज संचालन गरिएको छ । शाही संग नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता पाटी जिल्ला सभापति जयपति रोकाया लगाएतका रहेका छन् ।

पुर्व संघिय मन्त्रिय आफ्नो जन्म भुमी पुगे संगै त्यहाँका स्थानिय नेता कार्यकर्ता दाजु भाइ दिदी वहिनी आमा वुबाहरुले सामाजिक दुरी कायम गरी बाजा गाजा फुलमाल सहित भव्यरुपमा स्वागत गरेको शाहीका स्वगीय सचिव राजबहादुर रोकायाले बताएका छन् ।

 

 

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९