राज शाही मंगलबार, साउन २०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

दुई वटा फरक स्थानमा प्रहरीले मदिरा बरामद गरि नष्ट गरेको छ । सिमकोट गाउँपालिकाको वडा नम्बर ५ का शिब मन्दिर क्षेत्र र वडा नम्बर ६ को लाग्नामा बेवारिसे रुपमा राखिएको मदिरा प्रहरीले बरामद गरि नष्ट गरेको हो ।

प्रहरी निरीक्षक सिताराम बिष्टका अनसार फरक फरक स्थानमा गस्ती गरि रहेको प्रहरीको टोलीले चिनीया र स्थानीय मदिरा बरामद गरेको सो मदिरा सार्बजनिक रुपमा नष्ट गरिएको बताएका छन्। सिमकोट गाउँ पालिका वडा नं ६को लाग्नामा भेटिएको चिनीया मदिरा ३८ कार्टुन रेहको र त्यसको मुल्य दुई लाख ७३ हजार रहेको छ भने शिब मन्दिर क्षेत्रमा भेटिएको स्थानीय मदिरा १ सय ४० लिटरको मुल्य ४२ हजार रहेको छ ।

निरीक्षक बिष्टका अनुसार दुबै किसिमको मदिरा बेवारिसे रुपमा प्रहरीले बरामद गरेकोले मदिराको व्यवसायी भने नसमातिएको बताएका छन ।  यी दुबै मदिरा अबैध मानिन्छ । प्रहरीले सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावत र ६ नम्बर वडा का वडा अध्यक्ष जयचन्द्र रोकाया लगाएतको रोहबरमा मदिरा नष्ट गरेको थियो ।

हाल चाइनिज तथा स्थानिय लोकल मदिरालाई जोड्दा ३ लाख १५ हजार वरावरको मधिरा मंगलबार जिल्ला प्रहरी कार्यालय हुम्लाले सरोकारवालाको रोहवरमा नष्ट गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९