राज शाही मंगलबार, साउन २०, २०७७ मा प्रकाशित

हुम्ला

दुई वटा फरक स्थानमा प्रहरीले मदिरा बरामद गरि नष्ट गरेको छ । सिमकोट गाउँपालिकाको वडा नम्बर ५ का शिब मन्दिर क्षेत्र र वडा नम्बर ६ को लाग्नामा बेवारिसे रुपमा राखिएको मदिरा प्रहरीले बरामद गरि नष्ट गरेको हो ।

प्रहरी निरीक्षक सिताराम बिष्टका अनसार फरक फरक स्थानमा गस्ती गरि रहेको प्रहरीको टोलीले चिनीया र स्थानीय मदिरा बरामद गरेको सो मदिरा सार्बजनिक रुपमा नष्ट गरिएको बताएका छन्। सिमकोट गाउँ पालिका वडा नं ६को लाग्नामा भेटिएको चिनीया मदिरा ३८ कार्टुन रेहको र त्यसको मुल्य दुई लाख ७३ हजार रहेको छ भने शिब मन्दिर क्षेत्रमा भेटिएको स्थानीय मदिरा १ सय ४० लिटरको मुल्य ४२ हजार रहेको छ ।

निरीक्षक बिष्टका अनुसार दुबै किसिमको मदिरा बेवारिसे रुपमा प्रहरीले बरामद गरेकोले मदिराको व्यवसायी भने नसमातिएको बताएका छन ।  यी दुबै मदिरा अबैध मानिन्छ । प्रहरीले सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावत र ६ नम्बर वडा का वडा अध्यक्ष जयचन्द्र रोकाया लगाएतको रोहबरमा मदिरा नष्ट गरेको थियो ।

हाल चाइनिज तथा स्थानिय लोकल मदिरालाई जोड्दा ३ लाख १५ हजार वरावरको मधिरा मंगलबार जिल्ला प्रहरी कार्यालय हुम्लाले सरोकारवालाको रोहवरमा नष्ट गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९