कार्मु लामा मंगलबार, साउन २०, २०७७ मा प्रकाशित

हुम्ला,
हुम्ला जिललाको एक मात्र ठूलो पुर्णिमाको रुपमा मनाइने जनै पुर्णिमा मास्क लगाएरै भए पनि रमाइलो गरेर मनाएका छन् । सो मेलामा मानिसहरुको उल्लेखनिय संख्या देखिएपछि कोभिड १९ लाई मध्यनजर गर्दै स्वास्थ्य सेवा कार्यालय हुम्लाद्धारा मास्क वितरण गरिएको हो ।
जिल्ला सदरमुकाम सिमकोटमा जनैपुर्णिमाको अवसर पारेर जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले मास्क वितण गरेको छ ।

जिल्लामा जनैपुर्णिमाको अवसरमा सदरमुकाम सिमकोट भन्दा बाहिरका मानिसहरुको चहलपहलमा निक्कै बढेपछि कोरोना कहरका कारण ठूलो जनमानसलाई एक अर्कामा नसरोस भन्दै निशुल्क रुपमा मास्क वितरण भएको छ । उक्त मास्क साउन १९ गतेबाट वितरण गरिएको छ ।मास्क वितरणको जिम्मा भने स्वास्थ्य सेवा कार्यालेले नेपाल प्रहरीलाई दिएको छ । हाल स्वास्थ्य सेवा कार्यालयबाट करीव ५ हजार बाराबरको सर्जिकल मास्क वितरण भई रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सुचना अधिकारी भक्ति फडेराले बताए ।


जिल्लामा परापूर्वकालदेखिनै ठूलो पुर्णिमाको रुपमा मानउने पुर्णिमा भएकाले पनि जिल्लाका सैयौँ स्थानीयहरुलाई मेलामा जाँदा निशुल्क मास्क वितरण गरिएको देखिन्छ । यतिखेर प्रहरीले पनि बाटोमा हिड्ने व्यक्तिहरुलाई मास्क लगाएर हिड्नका लागि जानकारी मुलक शन्देस दिंदै अनुरोध समेत गरि रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९