राज शाही आइतबार, साउन १८, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

नेपाल पत्रकार महासंघ हुम्लाका संस्थापक अध्यक्ष जयबहादुर रोकायाको निधन भएको छ । नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य समेत रहेका रोकायाको पक्षघातका कारण मृत्यु भएको हो । छ दिन अगाडि आफ्नै घर बाहिर निस्कदा पक्षघात भएर सिक्सित अवस्थामा रहेका रोकयाको आफ्नै घर सिमकोटमा उपचार भईरहेको थियो । २ पटक नेपाल पत्रकार महासंघ हुम्लाको अध्यक्ष, १ पटक महासंघको केन्द्रिय सदस्य भएका रोकाया हुम्ला उद्योग बाणिज्य संघका समेत संस्थापक अध्यक्ष पनि हुन । लामो समय कान्तिपुर मिडिया ग्रुपसंग आबद्ध रहेका रोकाया कान्तिपुरसंगै विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका थिए । पत्रकारीता क्षेत्रका धरोहर रोकायालाई  हुम्लाको पत्रकारिताको पिताकै रुपमा मानिदैं आएको पत्रकारमहासंघ हुम्लाका सचिब राज शाहािले बताए । पत्रकारमहा संघ जिल्ला शाखाका संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रिय सदस्य रोकायको निधनको विषयलाई लिएर शनिबार साँझ साडे ७ बजे नेपाल पत्रकार महासंघ हुम्लाको आपत्कालिन बैठक बसि रोकायाको निधन भएकोमा शोक प्रस्ताब पारित गरेको महासंघ जिल्ला शाखा सचिव शाहीले जानकारी दिए ।२०११ सालमा बुवा सिंगबिर रोकाया र आमा औली रोकायाको कोखबाट जन्मनु भएका रोकायाका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९