राज शाही आइतबार, साउन १८, २०७७ मा प्रकाशित

हुम्ला

नेपाल पत्रकार महासंघ हुम्लाका संस्थापक अध्यक्ष जयबहादुर रोकायाको निधन भएको छ । नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य समेत रहेका रोकायाको पक्षघातका कारण मृत्यु भएको हो । छ दिन अगाडि आफ्नै घर बाहिर निस्कदा पक्षघात भएर सिक्सित अवस्थामा रहेका रोकयाको आफ्नै घर सिमकोटमा उपचार भईरहेको थियो । २ पटक नेपाल पत्रकार महासंघ हुम्लाको अध्यक्ष, १ पटक महासंघको केन्द्रिय सदस्य भएका रोकाया हुम्ला उद्योग बाणिज्य संघका समेत संस्थापक अध्यक्ष पनि हुन । लामो समय कान्तिपुर मिडिया ग्रुपसंग आबद्ध रहेका रोकाया कान्तिपुरसंगै विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका थिए । पत्रकारीता क्षेत्रका धरोहर रोकायालाई  हुम्लाको पत्रकारिताको पिताकै रुपमा मानिदैं आएको पत्रकारमहासंघ हुम्लाका सचिब राज शाहािले बताए । पत्रकारमहा संघ जिल्ला शाखाका संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रिय सदस्य रोकायको निधनको विषयलाई लिएर शनिबार साँझ साडे ७ बजे नेपाल पत्रकार महासंघ हुम्लाको आपत्कालिन बैठक बसि रोकायाको निधन भएकोमा शोक प्रस्ताब पारित गरेको महासंघ जिल्ला शाखा सचिव शाहीले जानकारी दिए ।२०११ सालमा बुवा सिंगबिर रोकाया र आमा औली रोकायाको कोखबाट जन्मनु भएका रोकायाका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९