राज शाही शनिबार, साउन १७, २०७७ मा प्रकाशित

हुम्ला

उमेरले ७० कटेका शिक्षकलाई जिल्लाको विकासको अवस्था देख्दा मन रोयर आउने गरेको छ । उमेर हुदा उकाली ओराली सहजै रुपमा पार गरेका खार्पुनाथ गाउँ पालिका वडा नं ५ याँङचु गाउँका धनध्वज शाहीले भने विगतका वर्षमा आफु युवा हुदाको अवस्था र अहिले वृद्ध हुदाका अवस्थामा विकासले राम्रै फड्के मारे पनि भनेजति हुन नसकेको गुनासो गरेका छन् ।

आफुले पढाएका विद्यार्थी डाक्टर, पाइलट, इन्जिनियर, राजनितिज्ञ भएको देख्दा खुसी लाग्छ तर ति विद्यार्थीले आवश्यकता पहिचान गरी विकासे योजना निर्माण गर्नु पर्नेमा पहुचको भरमा विकासे काम हुदा दुःख लाग्ने गरेको शाहीले बताएका छन् ।

कुरा सिमकोट गाउँ पालिका वडा नं ४ को स्याम्ने खोलाको रहेको छ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट संग जोडिएको सानो चिटिक्क परेको स्याम्ने गाउँ नजिक खोला रहेको छ । सो खोलामा एक ठाउ फलामे पुल दुइ ठाउँमा काठे पुल बनाइएका छन् । हिउदे समयमा उक्त खोला तर्न सहज भए पनि आज भोली वर्षा समयमा काठे पुल सम्म पानी पुगेकाले बटुवालाई तर्न गार्हो भएको शाहीले बताएका छन् ।

सिमकोटबाट जाँदा पहिले आउने खोलामा अस्थाइ काठे साघु बनाइएको छ । उक्त साँघु सारै जोखिम रहेको र खोलामा साँघु नभइ तिनवटा कठा हालेर मानिसहरु आवत जावत गरि रहेको शाहीले बताएका छन् । युवाहरु सहजै तर्न सक्ने भए पनि वृद्ध तथा बालबालिकालाई आवत जावतमा समस्या भएको शाहीले बताएका छन् ।

 

 

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९