राज शाही शनिबार, साउन १७, २०७७ मा प्रकाशित

हुम्ला

हिमाली जिल्ला हुम्ला तरकारीमा आत्म निर्भर हुदै गएको छ । विगतमा रोटी र नुन खुर्सानी पिसेर खाने चलन हट्टदै गएको छ । वारीमा तरकारी प्रसस्त फलेको भए पनि सुकेको कोदोको रोटी र नुन खुर्सानी खाने प्रवृती यो पछिल्लो समयमा हट्टदै गएको छ ।

जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयबाट खानपिनका बारेमा जनचेतना अवृद्धि गर्दा अहिले दाल, भात , तरकारी, चट्टनी समेत पिसेर खान थालीएको छ । विगतमा कामको फुर्सत र खानाको परिकार वनाउने तर्फ वेखवर हुदा नुन र खुर्सानी मात्रै पिसेर खाने गरिन्थ्यो । अहिले खान बनाउनका लागी केही समय लिएर भए पनि मिठो मसिन पौष्टीक आहारा खानु पर्छ भन्ने तर्फ स्थानियको ध्यान जान थालेको छ ।

स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको आर्थिक सहयोगमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ मा व्यवसायीक तरकारी खेती गरि सदरमुकाम सिमकोटमा वेचविखन गर्न थालिएको छ । विगतका वर्षमा वर्षा या हिउदे मौसममा तराइको तरकारीले जिल्ला सदरमुकाम धान्दै आएकोमा यो वर्ष स्थानिय अर्गानीक तरकारीले बजार पाएको छ । खादा मिठो पनि हुने र गाउँ घरमै फलेको ताजा तरकारी वजारमा पाउदा उपभोक्ता खुसी देखिएका छन् ।

आफ्नै खेतबारीमा फलेको तरकारी विक्रीका लागी नेपालका विभिन्न जिल्लामा अध्ययन गर्न गएका विद्यार्थी कोभिण्ड १९ का कारण घर फर्के पछि उनीहरु पनि आफ्नै खेतबारीमा तरकारी फलाई बजारमा विक्री गरी घरका अभिभाकलाई आर्थिक उपार्जनमा सहयोग गर्न थालेका छन् ।

व्यवसायीक रुपमा २ रोपनीमा काउली, बन्दा, खुर्सानी, टमटर, भान्ट फलाएको  मासिक   ३० हजार सम्म कमाउने गरेको खार्पुनाथ गाउँ पालिका वडा नं ४ माजा गाउकी लालकोषा रोकायाले बताएकी छन् । प्रसस्त रुपमा घरमा खाइ बचेको तरकारी सदरमुकाम सिमकोटमा बेच्न ल्याउन गरेको र बजारमा ल्याएर बिक्रि गर्दाको दिनमा करिव ७ हजार सम्म कमाइ हुने गरेको रोकायाले बताइन । यातायातको सहज पहुच नहुदा बोकेरै ल्याउनु परेको र बोकेर ल्याउदा कम आउने भएकाले केही तरकारी बारी मै खेर जाने गरेको रोकायाले बताइन । उनले फलाएको तरकारी बजारमा देख्दा सवैले जिव्रो टोक्ने समेत गरेका थिय । हेर्दै खाउ खाउ लाग्ने तरकारी सिमकोट बाजारमा विक्री गरी रहेकी रोकाया यो पेशाबाट आफुले गर्भ महसुस भएको र यस्तै तरकारी उत्पादनमा लागी पर्ने रोकायाले बताइन । उनले सबै तरकारी प्रति केजी २ सय रुपैंयामा विक्री गर्ने गरेकी छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९