नन्द सिंह शनिबार, साउन १७, २०७७ मा प्रकाशित

हुम्ला,
हुम्ला जिल्ला सिमकोट गाउँपालीका वडा नम्वर ७ डाँडाफया ओख्रेन गाउँमा सञ्चालित गेट वे कैलाश होमस्टेको साउन १६ गते विधिगत रुपमा उद्घाटन गरिएको छ । सोही दिन कर्णाली प्रदेशका बन तथा पर्यटनमन्त्री नन्द सिंह बुढाले होमस्टेको उद्घाटन गर्नु भएको हो । मन्त्री वुढा साउन १५ गते हुम्ला आई पुगे लगतै १६ गते नै औपचारीक रुपमा होमस्टेको उद्घाटन भएको थियो । होमस्टेको उद्घाटन सत्रमा सोही ठाउँका स्थानीयले विभिन्न किसिमका नाच गानहरु देखाएर रामइलो गरेका थिए ।

विशेष गरेर सो हामस्टेको विशेषता भनेको स्थानीय स्तरका विभिन्न खाने कुराहरुलाई जोड दिएर होमस्टे चलाउने गरिएको होमस्टेका अध्यक्ष हरिबहादुर शाहीले बताउनु भयो । पर्यटन मन्त्रीको टोलिलाई गाउँको स्थानीय स्तरको अन्नबाट बनेका, विभिन्न किसिमका परिकारहरु खुवाईको थियो । जिल्लाका राजनिति दलका नेता तथा कार्यकर्ता, कर्मचारी, जनप्रतिनिधि, पत्रकारहरुको टिम समेत उपस्थित रहेको उद्घाटन सत्रमा उपस्थित सवै व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

विहान १० वजे पर्यटन मन्त्री बुढाले होमस्टे बासुदेव संग्राहलयको व्यानर पढ्दै ढोकामा लगाएको रिवनलाई काटेर होमस्टे संग्राहलयको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा फलफुल, गेडागुडी, लाप्सी, भटमासका खाजा, खिर, पूरी, कोदाको रोटी, लाडु, अर्सा, मुरी, दही, ओखरको घान्जा लगायत विभिन्न परिकारका खानेकुरा बनाएर पाउँनाहरुलाई खुवाएका थिए । हाल संग्राहलयमा पुराना कल्चरका भाडाकुडा, ढालतरवार, बखु लिउ फेरुवा, गाग्री जस्ता सामग्रहरु राखिएका देखिनथे ।

पछिल्लो समय पर्यटन क्षेत्रमा राम्रो आम्दानीको स्रोत रहेकोले होटेल व्यवसायीलाई व्यवस्थीत र पर्यटनहरुलाई आर्कषित गर्न यो होमस्टेको व्यवस्था गरेको कैलाश होमस्टेका अध्यक्ष हरि बहादुर शाहीले बताउनु भयो । कर्णली प्रदेशको वन तथा पर्यटन मन्त्रालयको ४० लाख आर्थिक सहयोग र ८ लाखको जन श्रमदानबाट उतm होमस्टेको निर्माण भएको स्रोतले जानकारी दिएको छ । वन तथा पर्यटन मन्त्रिको ४ सदसिय टोलि हुम्ला आई पुगेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९