हुम्ला,
हुम्ला जिल्ला सिमकोट गाउँपालीका वडा नम्वर ७ डाँडाफया ओख्रेन गाउँमा सञ्चालित गेट वे कैलाश होमस्टेको साउन १६ गते विधिगत रुपमा उद्घाटन गरिएको छ । सोही दिन कर्णाली प्रदेशका बन तथा पर्यटनमन्त्री नन्द सिंह बुढाले होमस्टेको उद्घाटन गर्नु भएको हो । मन्त्री वुढा साउन १५ गते हुम्ला आई पुगे लगतै १६ गते नै औपचारीक रुपमा होमस्टेको उद्घाटन भएको थियो । होमस्टेको उद्घाटन सत्रमा सोही ठाउँका स्थानीयले विभिन्न किसिमका नाच गानहरु देखाएर रामइलो गरेका थिए ।
विशेष गरेर सो हामस्टेको विशेषता भनेको स्थानीय स्तरका विभिन्न खाने कुराहरुलाई जोड दिएर होमस्टे चलाउने गरिएको होमस्टेका अध्यक्ष हरिबहादुर शाहीले बताउनु भयो । पर्यटन मन्त्रीको टोलिलाई गाउँको स्थानीय स्तरको अन्नबाट बनेका, विभिन्न किसिमका परिकारहरु खुवाईको थियो । जिल्लाका राजनिति दलका नेता तथा कार्यकर्ता, कर्मचारी, जनप्रतिनिधि, पत्रकारहरुको टिम समेत उपस्थित रहेको उद्घाटन सत्रमा उपस्थित सवै व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
विहान १० वजे पर्यटन मन्त्री बुढाले होमस्टे बासुदेव संग्राहलयको व्यानर पढ्दै ढोकामा लगाएको रिवनलाई काटेर होमस्टे संग्राहलयको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा फलफुल, गेडागुडी, लाप्सी, भटमासका खाजा, खिर, पूरी, कोदाको रोटी, लाडु, अर्सा, मुरी, दही, ओखरको घान्जा लगायत विभिन्न परिकारका खानेकुरा बनाएर पाउँनाहरुलाई खुवाएका थिए । हाल संग्राहलयमा पुराना कल्चरका भाडाकुडा, ढालतरवार, बखु लिउ फेरुवा, गाग्री जस्ता सामग्रहरु राखिएका देखिनथे ।
पछिल्लो समय पर्यटन क्षेत्रमा राम्रो आम्दानीको स्रोत रहेकोले होटेल व्यवसायीलाई व्यवस्थीत र पर्यटनहरुलाई आर्कषित गर्न यो होमस्टेको व्यवस्था गरेको कैलाश होमस्टेका अध्यक्ष हरि बहादुर शाहीले बताउनु भयो । कर्णली प्रदेशको वन तथा पर्यटन मन्त्रालयको ४० लाख आर्थिक सहयोग र ८ लाखको जन श्रमदानबाट उतm होमस्टेको निर्माण भएको स्रोतले जानकारी दिएको छ । वन तथा पर्यटन मन्त्रिको ४ सदसिय टोलि हुम्ला आई पुगेको थियो ।