नन्द सिंह बिहिबार, साउन १५, २०७७ मा प्रकाशित

हुम्ला,
सदरमुकाम सिमकोटमा रहेको मालपोत कार्यालय हुम्लाले डाटा प्याक तानेर काम चलाउन बाध्य भएको छ । सो कार्यालयमा रहेका सम्पुर्ण काम कार्यहरु इन्टरनेटबाट नहँदा हाल मोवाईलको फो जि र थ्री जिबाट ल्यापटमा कनेक्सन गरि दैनिक कार्य गर्दै आएको कार्यालय प्रमुख रविन्द्र शाहीले बताउनु भयो ।

हुम्लामा नेपाल टेलिकमले वितरण गरेको एडिएसेल सेवा असार पहिलो हप्ताबाट स्वलो भएका कारण जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले समस्या खेपी रहनु परेको बताउने गरेका छन् । जिल्ला मालपोत कार्यालय हुम्लाले करीव दुई हप्तादेखि आफ्नो व्यक्तिगत मोवाइल मार्फत डाटा चलाएर सेवाग्राहीका काम सञ्चालन गर्दै आएको छ ।

डाटाबाट काम चलाउँदा एक हप्तामा कम्तिमा पनि पाँच सय भन्दा बढि रुपियाँ खर्च हुने गरेको प्रमुखको भनाई छ । सो कार्यालयमा भू सुचना प्रर्णालीको मिति नमिलेका कारण सफ्ट्वयर अपडेट हन नसकेपछि विभिन्न कार्यहरुको समस्या हुदै आएको छ । इन्टरनेट समस्याले गर्दा यतिखेर जग्गाको पूर्जा निकाल्ने कार्य भने रोकिएको प्रमुख शाहीले बताउनु भयो । हाल सो कार्यालयमा दैनिक जसो ४।५ जना सेवाग्राही आउने गरेका छन् ।

उनिहरुको काम केही मात्रमा भए पनि एडिएसेलको नेट्रेक समस्याले गर्दा पर्याप्तमात्रामा सेवा दिन नसकेको बताइएको छ । यो समस्या भनेको नेपाल टेलिकमको हो । सो कार्यालयले समयमै एडिएसेलको नेट्रेक बनाउनु पर्ने देखिन्छ । तर नेपाल टेलिकमको स्रोतले भने अहिले नेट स्वलो भएकाले कम काम गर्ने गरेको जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९