नन्द सिंह बिहिबार, साउन १५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,
सदरमुकाम सिमकोटमा रहेको मालपोत कार्यालय हुम्लाले डाटा प्याक तानेर काम चलाउन बाध्य भएको छ । सो कार्यालयमा रहेका सम्पुर्ण काम कार्यहरु इन्टरनेटबाट नहँदा हाल मोवाईलको फो जि र थ्री जिबाट ल्यापटमा कनेक्सन गरि दैनिक कार्य गर्दै आएको कार्यालय प्रमुख रविन्द्र शाहीले बताउनु भयो ।

हुम्लामा नेपाल टेलिकमले वितरण गरेको एडिएसेल सेवा असार पहिलो हप्ताबाट स्वलो भएका कारण जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले समस्या खेपी रहनु परेको बताउने गरेका छन् । जिल्ला मालपोत कार्यालय हुम्लाले करीव दुई हप्तादेखि आफ्नो व्यक्तिगत मोवाइल मार्फत डाटा चलाएर सेवाग्राहीका काम सञ्चालन गर्दै आएको छ ।

डाटाबाट काम चलाउँदा एक हप्तामा कम्तिमा पनि पाँच सय भन्दा बढि रुपियाँ खर्च हुने गरेको प्रमुखको भनाई छ । सो कार्यालयमा भू सुचना प्रर्णालीको मिति नमिलेका कारण सफ्ट्वयर अपडेट हन नसकेपछि विभिन्न कार्यहरुको समस्या हुदै आएको छ । इन्टरनेट समस्याले गर्दा यतिखेर जग्गाको पूर्जा निकाल्ने कार्य भने रोकिएको प्रमुख शाहीले बताउनु भयो । हाल सो कार्यालयमा दैनिक जसो ४।५ जना सेवाग्राही आउने गरेका छन् ।

उनिहरुको काम केही मात्रमा भए पनि एडिएसेलको नेट्रेक समस्याले गर्दा पर्याप्तमात्रामा सेवा दिन नसकेको बताइएको छ । यो समस्या भनेको नेपाल टेलिकमको हो । सो कार्यालयले समयमै एडिएसेलको नेट्रेक बनाउनु पर्ने देखिन्छ । तर नेपाल टेलिकमको स्रोतले भने अहिले नेट स्वलो भएकाले कम काम गर्ने गरेको जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९