राज शाही बिहिबार, साउन १५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

गुणस्तरीय सेवा तथा सुविधा दिँदै आएको सिटिजन बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) योजना ल्याएको छ ।

घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५०५ वार्षिक ब्याजदरमा नै जग्गारघर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको विषम परिस्थितिका बाबजुद कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामू पस्कने उद्देश्यका साथ यो योजना सार्वजनिक गरेको बैंकले जनाएको छ ।

ग्राहकहरुले कागजात पेश गरेको तीन कार्य दिन भित्र निर्णय हुने सरल प्रक्रियासहितको यस २५ वर्षसम्मको समयावधि भएको योजना अन्तगर्त घर कर्जा लिने ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने बैंकले जनाएको छ ।

यस्तै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९५ वार्षिक ब्याजदरमा उपलब्ध गराउने भएको छ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुकालागि सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न देशै भरी छरिएका बैंकका १०९ शाखाहरुबाट कार्यपारम्भ समेत थालिएको छ । सो को लागि आवश्यक तयारी गरि सकिएको कुरा बैंकले जनाएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९