राज शाही बिहिबार, साउन १५, २०७७ मा प्रकाशित

हुम्ला

गुणस्तरीय सेवा तथा सुविधा दिँदै आएको सिटिजन बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) योजना ल्याएको छ ।

घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५०५ वार्षिक ब्याजदरमा नै जग्गारघर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको विषम परिस्थितिका बाबजुद कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामू पस्कने उद्देश्यका साथ यो योजना सार्वजनिक गरेको बैंकले जनाएको छ ।

ग्राहकहरुले कागजात पेश गरेको तीन कार्य दिन भित्र निर्णय हुने सरल प्रक्रियासहितको यस २५ वर्षसम्मको समयावधि भएको योजना अन्तगर्त घर कर्जा लिने ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने बैंकले जनाएको छ ।

यस्तै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९५ वार्षिक ब्याजदरमा उपलब्ध गराउने भएको छ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुकालागि सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न देशै भरी छरिएका बैंकका १०९ शाखाहरुबाट कार्यपारम्भ समेत थालिएको छ । सो को लागि आवश्यक तयारी गरि सकिएको कुरा बैंकले जनाएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९