राज शाही शनिबार, साउन १०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिमाली पारीको गाउँ लिमीका बासिन्दाहरुले पहिलो पटक अनुदानमा सुधारिएको चुलो पाएका छन् । धुँवा र धुलो मुक्त गाउँ अन्र्तगत स्थानीयको मागलाई मध्यनजर गरि तीन वटै गाउँलाई फलामे सुधारिएको चुलो बितरण गरिएको हो ।

यसअघि अगेनोमा आगो बाल्दै आएका नाम्खा गाउँपालिका वडा नम्बर ६ को हिमाल पारीको गाउँ लिमी हल्जीकी एक महिला कार्साङ्मा तामाङले पहिलो पटक फलामे सुधारिएको चुलो पाएको बताईन । उनले यसरी लिमीका तीन वटै गाउँले पहिलो पटक अनुदानमा सामाग्री पाएको बताईन । यसबाट प्रत्यक्ष रुपमा महिला गृहणी लावान्भित भएकी छन् ।

वडा अध्यक्ष पाल्जोर तामाङले सहयोगी संस्थाको आर्थिक तथा प्राबिधिक सहयोगमा लिमीका सबै घरधुरीले निशुल्क चुलो पाएको बताए । लिमीमा यसअघि हुने खानेले मात्र चीनको ताक्लाकोटबाट सुधारिएको चुलो ल्याएर प्रयोग गर्दै आएको भएपनि अहिले भने गाउँ भरि उक्त चुलो पाएपछि सबै घरधुरी धुँवा मुक्त भएको छ । जिल्ला भरि अनुदानका कार्यक्रम थुप्रै गएपनि लिमीमा भने पहिलो पटक यसरी अनुदानमा चुलो पुगेका हो । अध्यक्ष तामाङले चुलो पाएपछि अब दाउराको समेत समस्या हुने लिमीमा केही हदसम्म दाउरा पनि बचत हुने र धुँवाबाट समेत मुक्ती पाउने बताए ।

सहयोगी निकाय ग्रामीण जलश्रोत ब्यबस्थापन परियोजनाका जिल्ला सल्लाहकार बिरेन्द्र थापाले लिमीलाई धुँवा मुक्त गर्ने अभियान अन्र्तगत अनुदानमा चुलो बितरण गरिएको बताए ।

लिमीका तीन गाउँ तीलका ६१ घरधुरी, हल्जीका १११ र जाङका २६ गरि २०३ घरधुरीलाई अनुदानमा फलामे सुधारिएको चुलो बितरण गरिएको छ । चुलो पाएर जडान गरि प्रयोगमा आएपछि लिमीका तीनै गाउँ धुवाँमुक्त भएका छन् । यसका लागि परियोजना, गाउँपालिका र स्थानीयको जनश्रमदान गरि ३९ लाख ८० हजार ६८८ रुपियाँ बजेट खर्च गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९