राज शाही शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित

हुम्ला

हिमाली जिल्ला हुम्लामा सिमा विवादले राजनैतिक चासो संगै गाउँले गाउँले वीच झगडाको वृक्षारोपण गरेको छ । यसको मुख्य जड सर्केगाड वडा नं ७ लाई मानीएको छ । खार्पुनाथ गाउँ पालिका वडा नं ५ भित्रको जमिनमा मनपरी तवरले प्राकृतिक सम्पदाको दोहन गरी कृतिम संरचना निर्माण गरेको प्रति खार्पुनाथ गाउँ पालिका याँङचु, खर्पेलगाउँ र दुर्पाका गाउँले गाउँले विच झगडाको वृक्षा रोपण गरेको छ ।

खार्पुनाथ गाउँ पालिकाका केही व्यक्तीले उक्त विषयलाई रफा दफा गर्नका लागी सर्केगाड गाउँ पालिका वडा नं ७ का भिउदुला निर्माण उपभोक्ता समितबाट ५ लाख रुपैंया व्यक्तिगत खातामा हाल्न लगाएको रहस्य खुलेको नेपाल कम्युनिष्ट पाटि विब्लव नेतृत्वको हुम्ला जिल्ला जनसरकारले प्रमाण संकल गरेको सोही पाटी जिल्ला जनसरकार प्रमुख प्रकासले टेलीफोन मार्फत बताएका छन् ।

एकवटा भौतिक संरचनाको लागी आएको रकम अर्को भौतिक संरचना निर्माण गर्ने भन्दै ५ लाख व्यक्तिगत खातामा हाल्न लगाइ भिउदुला निर्माण र सिमा वेचविखन र मिलेमतोमा ५ लाख रकम हिना मिना गर्न खोजेकाले त्यसको सहि सत्य तथ्य छानविन गरि विप्लब नेतृत्वको जनसरकारले उक्त विषयमा संलग्न व्यक्तिको पहिचान भई सकेको र अव जन कार्वाही गर्ने जिल्ला जन सरकार प्रमुख प्रकासले बताएका हुन।

भिउदुला नितान्त खार्पुनाथ गाउँ पालिका वडा नं ५ को सिमा भित्र रहेको कोही कसैले निजि स्वार्थका लागी एक उपभोक्ता समितिबाट अर्को निजि व्यक्तिको खातामा रकम टासफर गरीनुले त्यसमा केही खोट देखिएकाले जसको सत्य तथ्य पत्ता लगाइ जनकार्वाही गरिने विप्लव नेकपा पाटी हुम्ला जिल्ला जनसरकार प्रमुख प्रकासले बताएका छन् ।

उक्त विषयलाई लिएर साउन ८ गते खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल र सर्केगाड गाउँ पालिका अध्यक्ष कृष्णबहादुर रोकाया र खार्पुनाथ गाउँ पालिका वडा नं ५ खर्पेल गाउँ, दुर्पा र याँङचु गाउँ र भिमदुला निर्माण उपभोक्ता सिमित विच छलफल बैठक वसेको छ । उक्त बैठकले भिउदुला निर्माण उपभोक्ता समितिले खार्पुनाथ गाउँ पालिका वडा नं ५ खर्पेलगाउँका १ जना व्यक्तीको व्यक्तिगत खातामा हालेको ५ लाख रुपैंया भिउदुला निर्माण उपभोक्ता समितिलाई फिर्ता गर्ने निर्णय भएको  र जसको जिम्मा खार्पुनाथ गाउँ पालिकाले लिएको बताइएको छ ।

सो निर्णय अक्षरस पालन नभए त्यसको सम्बन्धी व्यक्ति, मतियार, सिमा अधिकरण गर्ने, रकम लिनु दिनु गरि सिमा वेच विखनलाई दुरसाहन गर्ने व्यक्तिले भारी मुल्य चुकाउनु पर्ने विप्लप जन सरकार हुम्ला प्रमुख प्रकासले टेलिफोन मार्फत दोभान अनलाईन लाई जानकारी गराएका छन् ।

सम्बन्धित

ताजा अपडेट
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९