काठमाडौं शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित

पर्सा जिल्लामा पाँच जना थुनुवासहित ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। थुनुवा मध्ये चार भारतीय नागरिक रहेका छन्।

नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो। वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

संक्रमित ४ जना भारतीय हुन्। ३ जना बिहार र १ जना उत्तर प्रदेशका छन्। चार भारतीय अवैध तरिकाले नेपाल छिरेका र उनीहरुलाई प्रहरीले समातेर हिरासतमा राखेको र उनीहरुको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको गण्डक कोभिड अस्पतालले जनाएको छ ।

अन्य संक्रमित भने कन्ट्राक ट्रेसिङमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। यसैबीच वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत बिरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघ पर्साले आकस्मिक बाहेकका सेवा बन्द गर्न आव्हान गरेको छ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९