दोभान समचारदाता शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

गएको तीन दिन अघिको तीन दिनदेखि लगातार परेको अविर वर्षा सँगैको बाढीले जिल्लाको अदानचुली गाउँपालिका मात्रै एक करोड ७८ लाख भन्दा बढीको क्षेती पुर्याएको छ ।

जिल्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुलीमा गएको बाढीले थोरै समयमा यती धेरै क्षती भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

पछिल्लो पटक भएको वर्षासँगैको बाढीले अदानचुलीको मकैमा सबै भन्दा बढी क्षेती पुगेको प्रहरी नायव उपरिक्षक सुवेदीले बताउनुभयो । ’वर्षासँगै माथिबाट बगेर आएको लेदो सहितको बाढी घर भित्र पसेर अदानचुली ३ को मकैका विभिन्न व्यक्तीका आठ वटा घरमा बढी क्षेति पुगेको हो ।’ सुवेदीले दोभानसँग भने, ’अदानचुली ३ का छत्त बुढाको दुई तले चार कोठे घर भत्किदा पाँच लाख, वडा नम्बर २ का हरिचन्द्र बुढाको ६ कोठे घर, हस्त बुढाको ५ कोठे घर, छक्क बुढाको ५ कोठे घर, चक्र बुढाको दुई तले ४ कोठे घर भत्काएको छ ।’

यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष दत्त विष्टको २ कोठे घर, सुपारी नेपालीको २ तले ४ कोठे घर र वडा नम्बर १ का पन्न दानीको २ तले ५ कोठे, भत्काएको छ । यि आठवटै घर गरेर ४० लाख बराबरको क्षती पुगेको गल्फागाड प्रहरी चौकलाई उदृत गर्दै प्रहरी प्रमुख सुवेदीले जानकारी दिए ।

प्रहरी कार्यालयका अनुसार अदानचुली गाउँचपालिकाको वडा नम्बर १, २ र ३ मा रहेका ४३ वटा घर भत्किदा ४३ लाख बराबरको क्षेती पुगेकोे छ । यस्तै वडा १, २, र ४ का ४३ घरधुरीले लगाएको अन्नबाली छोपेर २५ लाख बराबरको क्षेती पुगेको छ । लगातार एक सातासम्म परेको वर्षा र त्यससँगै आएको बाढीले वडा १ र ३ का चार स्थानमा रहेका सिँचाई कुलो बाढीले बगाएपछि थप ५५ लाख बराबरको क्षेती पुगेको प्रहरीले जनाएको छ ।

बाढीले वडा १ र ३ मा रहेका खानेपानीका धारा समेत बगाएर लगेपछि १ लाख ५० हजार को क्षेती पुगेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाले उठाएको मुचुल्कामा तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा मात्रै यि सबै क्षेती भएको विवरणको रकम जोड्दा एक करोड ७८ लाख बराबरको क्षेती गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९