नन्द सिंह बुधबार, साउन ०७, २०७७ मा प्रकाशित

हुम्ला,
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) हुम्लाले पुष्पलाल स्मृति दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य सेवा कार्यालयमा रहेका विरामी र जिल्ला प्रहरीको कार्यालयको हिरासतमा रहेका थुनुवाहरुलाई फ्रुटी र मास्क वितरण गरिएको छ ।

असार ७ गते नेपाल कम्युनिष्ट पार्टि नेकपाका संस्थापक माहा सचिव पुष्पलाल श्रेष्टको ४२ औँ स्मृति दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेका १० जना विरामी र प्रहरीको हिरासतमा रहेका ८ जना थुनुवाहरुलाई फ्रुटी र मास्क वितरण गरिएको नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का हुम्ला जिल्ला कार्यालय सचिव कमल बोहराले बताए ।

सो पार्टिले विरामीको र थुनुवाको स्वास्थ्य लाभको कामनाका लागि सामग्री वितरण गरेको थियो । विगतका वर्षहरुमा अन्य कार्यक्रम गरेर उक्त दिवस मनाउने गरेको भएता पनि यो वर्ष कोरोना कहरका कारण कुनै कार्यक्रम नगरेर विरामीको भलाई र थुनुवाहरुको संर्घस जीवन यापनका लागि सो सामग्री वितरण भएको थियो । सोही दिन वितरण गरिएका प्रति व्यक्तिलाई दुईवटा फ्रुटि र दुईवटा मास्क सहयोग गरिएको हो ।

सो पार्टिका केन्द्रिय सदस्य विजय भण्डारी (पर्तिरोध), जिल्ला अध्यक्ष लालकेश जैसि र पार्टिका हुम्ला जिल्ला कार्यालय सचिव कमल बोहरा लगायतका नेता तथा कार्यकर्ताहरुले पुष्पलालको दिंवँगतको कामना गर्दै असार ७ गते दिउसो १ वजे पार्टि कार्यालयमै पार्टि माहा सचिव श्रेष्टको तष्विरमा अविर लगाएर माल्यअर्पण गरेका थिए । माल्यअर्पण पछिमात्र जिल्ला स्वास्थ्य सेवा कार्यालय र हिरासतमा रहेका व्यक्तिहरुलाई सो सामग्रीहरु वितरण गरिएको सचिव बोहराले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९