नन्द सिंह बुधबार, साउन ०७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) हुम्लाले पुष्पलाल स्मृति दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य सेवा कार्यालयमा रहेका विरामी र जिल्ला प्रहरीको कार्यालयको हिरासतमा रहेका थुनुवाहरुलाई फ्रुटी र मास्क वितरण गरिएको छ ।

असार ७ गते नेपाल कम्युनिष्ट पार्टि नेकपाका संस्थापक माहा सचिव पुष्पलाल श्रेष्टको ४२ औँ स्मृति दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेका १० जना विरामी र प्रहरीको हिरासतमा रहेका ८ जना थुनुवाहरुलाई फ्रुटी र मास्क वितरण गरिएको नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का हुम्ला जिल्ला कार्यालय सचिव कमल बोहराले बताए ।

सो पार्टिले विरामीको र थुनुवाको स्वास्थ्य लाभको कामनाका लागि सामग्री वितरण गरेको थियो । विगतका वर्षहरुमा अन्य कार्यक्रम गरेर उक्त दिवस मनाउने गरेको भएता पनि यो वर्ष कोरोना कहरका कारण कुनै कार्यक्रम नगरेर विरामीको भलाई र थुनुवाहरुको संर्घस जीवन यापनका लागि सो सामग्री वितरण भएको थियो । सोही दिन वितरण गरिएका प्रति व्यक्तिलाई दुईवटा फ्रुटि र दुईवटा मास्क सहयोग गरिएको हो ।

सो पार्टिका केन्द्रिय सदस्य विजय भण्डारी (पर्तिरोध), जिल्ला अध्यक्ष लालकेश जैसि र पार्टिका हुम्ला जिल्ला कार्यालय सचिव कमल बोहरा लगायतका नेता तथा कार्यकर्ताहरुले पुष्पलालको दिंवँगतको कामना गर्दै असार ७ गते दिउसो १ वजे पार्टि कार्यालयमै पार्टि माहा सचिव श्रेष्टको तष्विरमा अविर लगाएर माल्यअर्पण गरेका थिए । माल्यअर्पण पछिमात्र जिल्ला स्वास्थ्य सेवा कार्यालय र हिरासतमा रहेका व्यक्तिहरुलाई सो सामग्रीहरु वितरण गरिएको सचिव बोहराले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९