दाने बोहरा बुधबार, साउन ०७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा आज विहान काठे पुलबाट खसेर एक जना बालकको मृत्युभएको छ । पुलबाट खसेर खोलामा परेर मृत्यु हुनेमा अदानचुली ५ करगाईका १५ वर्ष गोपाल रोकाया रहेको अदानचुली ४ का वडा सदस्य देवखर जैशीले जानकारी दिनुभयो ।

आज बिहान भैैसी चराउन गएका रोकाया भैसी चरायर मध्यान्न १२ बजे घर फर्कीने बेलामा सीस्ने खोला भन्ने ठाउँमा रहेकोे काठेपुलबाट खसेपछि खोलाले बगेको घटना स्थलमा पुगेका वडा सदस्य जैसीले जानकारी दिनुभयो ।

घटनाको खबर पाउने बित्तिकै केही जनप्रतीनीधी र श्रीनगर प्रहरी चौकीको टोली पनि घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्यप्रकास सुवेदीले बताउनुभयो । उनका अनुसार, खोलामा खसेका बालक रोकायाको खोजिका लागि ताँजकोटको कवाडी प्रहरी चौकीबाट समेत सुरक्षाकर्मी झिकाइएको थियो ।

सुरक्षाकर्मी, जनप्रतिनिधि सहित स्थानीय नागरिकको पहलमा खोजि गरेर केही समय अघिमात्रै लास भेटेको घटनास्थलमा भएका वडा सदस्य जैशीले बताउनुभयो । बालक रोकायाको लास पानीबाट नीकाले पनि उनको मुचुल्का हुन बाँकी रहेको हो । गएको सोमबार राती अत्याधिक वर्षा भएको थीयो । वर्षासँगै कारण सानातीना खोलानालाहरुको पानीको सतह बढी रहेका छन ।

सीस्ने खोलामा पनि हिउँदे सीजनमा सानो पानी रहने हुनाले सोही ठाउँमा काठ राखेर खुल्ला रुपमा आवतजावत गर्ने गरीएको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९