दाने बोहरा बुधबार, साउन ०७, २०७७ मा प्रकाशित

जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा आज विहान काठे पुलबाट खसेर एक जना बालकको मृत्युभएको छ । पुलबाट खसेर खोलामा परेर मृत्यु हुनेमा अदानचुली ५ करगाईका १५ वर्ष गोपाल रोकाया रहेको अदानचुली ४ का वडा सदस्य देवखर जैशीले जानकारी दिनुभयो ।

आज बिहान भैैसी चराउन गएका रोकाया भैसी चरायर मध्यान्न १२ बजे घर फर्कीने बेलामा सीस्ने खोला भन्ने ठाउँमा रहेकोे काठेपुलबाट खसेपछि खोलाले बगेको घटना स्थलमा पुगेका वडा सदस्य जैसीले जानकारी दिनुभयो ।

घटनाको खबर पाउने बित्तिकै केही जनप्रतीनीधी र श्रीनगर प्रहरी चौकीको टोली पनि घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्यप्रकास सुवेदीले बताउनुभयो । उनका अनुसार, खोलामा खसेका बालक रोकायाको खोजिका लागि ताँजकोटको कवाडी प्रहरी चौकीबाट समेत सुरक्षाकर्मी झिकाइएको थियो ।

सुरक्षाकर्मी, जनप्रतिनिधि सहित स्थानीय नागरिकको पहलमा खोजि गरेर केही समय अघिमात्रै लास भेटेको घटनास्थलमा भएका वडा सदस्य जैशीले बताउनुभयो । बालक रोकायाको लास पानीबाट नीकाले पनि उनको मुचुल्का हुन बाँकी रहेको हो । गएको सोमबार राती अत्याधिक वर्षा भएको थीयो । वर्षासँगै कारण सानातीना खोलानालाहरुको पानीको सतह बढी रहेका छन ।

सीस्ने खोलामा पनि हिउँदे सीजनमा सानो पानी रहने हुनाले सोही ठाउँमा काठ राखेर खुल्ला रुपमा आवतजावत गर्ने गरीएको छ ।

सम्बन्धित

ताजा अपडेट
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९