नन्द सिंह मंगलबार, साउन ०६, २०७७ मा प्रकाशित

हुम्ला,
नेपाल खाद्यसंस्थान शाखा कार्यालय हुम्लाका लागि खाद्य व्यवस्थापन समितिद्धारा ७३ हजार क्वीन्टल खाद्यान्न माग गर्ने निर्णय गरेको छ । साउन ६ गते दिउसो २ वजे जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले सो खाद्यान्न माग गर्ने निर्णय गरेको खाद्य व्यपार कम्पनी लिमिटेट कार्यालय हुम्लाका प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।

आर्थिक बर्ष ०७६÷०७७ को आय ब्यायको बैठक सम्पन्न गर्दै ०७७÷०७८ का लागि खाद्यान्नमा कमी आउन नदिनका लागि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख एवम जिल्ला खाद्य ब्यबस्थापन समितिका अध्यक्ष दानबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले सिमकोट साखाका लागि ३५, श्रीनगर डिपोको लागि ६, सर्केगाड डिपोको लागि ८, श्रीनगर डिपोको लागि ६, ताँजाकोट गाउँपालिकाको छप्रेला बिक्रि केन्द्रको लागि ६, यालवाङ्घ बिक्रि केन्द्रको लागि ६ र खार्पुनाथको याङचु बिक्रि केन्द्रका लागि ६ गरि जम्मा ७३ हजार क्वीन्टल खाद्यान्नको माग गर्ने निर्णय गरेको प्रमुख विष्टको भनाई छ ।

हाल हुम्लामा रहेका शाखा, डिपो र बिक्रि केन्द्रमा बाँकी रहेको खाद्यान्नका बारेमा उपस्थित सबैलाई स्पस्ट पारेका थिए । बैठकले दशंै तिहारको लागि चाईने खाद्यान्न हवाईमार्गबाट ढुवानी गर्ने माग गर्नुका साथै ताँजाकोटको छप्रेला र यालवाङ्घमा डिपो स्थापनाको लागि माग गर्ने निर्णय समेत गरेको प्रमुख बिष्टले जानकारि दिए ।

आ.व. ०७६।०७७ को जम्मा २३ हजार ३ सय ७८ क्वीन्टल ४२ किलो मध्ये १७ हजार ६ सय ७३ कवीन्टल १९ किलो खाद्यान्न वित्रि वितरण भएको छ भने हाल ५ हजार ७ सय पाँच क्वीन्टल २३ किलो बाँकी रहेको सो शाखाले जनाएको छ ।  यतिखेर सबैभन्दा बढि जापानिज र सबै भन्दा कम जिरा मसिना चामल रहेको प्रमुख बिष्टले जानकारी दिए । हुम्लामा सबेै भन्दा बढि माग जिरामसिना चामल रहेको भएता पनि यहि चामलको मौज्दात कम भएकोले सबैलाई दिन नसकिएको प्रमुख बिष्टले बताए ।

हुम्लामा नेपाल सरकारले भाडा सौलिएतमा चामल दिने गरेको छ । सौलिएत दरमा हुम्लामा जापानिज चामलको प्रति केजि रु ६५, अरुवा चामल रु ५७, जिरामसिना रु ७० गार्खानाथ रु ६२, सोनामनसुलि रु ६२ र मध्यम चामलको रु ६१ पर्ने गरेको प्रमुखको भनाई छ । उनका अनुसार अहिले मौज्दात रहेको चामल मध्य १ हजार क्वीन्टल चामल याल्वाङ्घमा दिने र केहि चामल खार्पुनाथ गाउँपलिकालाई समेत दिनु पर्ने छ ।

अहिले मौज्दात रहेको चामललाई आउदो दशँै तिहारसम्म पुगाउनु पर्ने, केन्द्रबाट परिपत्र भएको विष्टले बताए । तर पनि सो चामल दशँै तिहारसम्म पुग्न नसक्ने सम्भावना रहेको छ । माथिबाट परिपत्र भए पनि नयाँ चामलको लागि ट्यान्डर खोलि सकेकोले चामलको समस्या नहुने समेत जानकारिदिए ।  जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकमा समितिका सदस्य र जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९