दाने बोहरा बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

आज बिहान गएको पहिरोले हुमलाको ताँजकोट वडा ४ को खर्राको दलित वस्तीका २२ घरधुरीले वस्ती छोडेका छन् ।

लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिरो दलित वस्तीका सबै घर भत्कीने अवस्था भएपछि आज बिहानै देखि सबैले घर छोडेर अन्यत्र बसेको सम्बधिन्तस्थलबाट धनसुर दमाइले जानकारी दिनुभयो । पहिरोले २ घरमा क्षेती पुगेको छ भने अन्य सबै घरको नाजुक रहेको अवस्था आएपछि बिहानदेखि वस्तीका सबै घर परिवारले आफ्नो घर छोडेर देउला गैरामा पाल टाँगेर बसेको बताएका दमाइले राससँग भने, “पहिरोले हाम्रो त उठीवास गरायो ।”

खानापानी खाने अवस्था समेत नभएको उल्लेख गरेका तुथा परियारका अनुसार माथिबाट आएको सुख्खा पहिरोले घर झुण्डीएको अवस्थामा रहेपछि सबै घरका स्थानीयले घर खाली गरेर बारीमा सरेका छन् ।

हामीले लगाएको मकै, कोदो, धान बाली लगाएका बारी सबै पहिरोले छोपेर लगेपछि घर पहिरोमा झुण्डीका अवस्थामा रहेका छन् । तुथाले भनिन्, “झुण्डीएको अवस्थामा रहेका घरलाई कतिखेर पहिरोले बगाउने हो भन्ने डर भएपछि दलित वस्तीका सबै घरधुरीले आफ्ना घर खाली गरेका छन् ।”

पहिरोमा परेर मानविय र पशुचौपाएको क्षती नभएपनि प्रति घर ४ हल जग्गा बगाएर लगेको स्थानीय धनसुर परियारले बताउनुभयो । पहिरो स्थलबाट प्रहरी चौकी निकै टाढा भएपछि क्षतीको एकिन विवरण आउन बाँकी छ । पहिरो गएर दलित वस्ती जोखिममा रहेको खबर आएको बताएका प्रमूख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले कवाडी सिमा प्रहरी चौकीको टोलीलाई स्थलगत रुपमा बुझ्न पठाएको जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९