राज शाही बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

सदरमुकाम सिमकोटमा बिरलै आउने नाम्खा गाउँपालिका वडा नम्बर ६ हिमालपारीको गाउँ लिमीका बासिन्दा भुक्तानी लिन चार दिन पैदल हिडेर सिमकोट आई पुगेको छन । आर्थिक वर्ष अन्तिम हुदा गाउँमा सम्पन्न भएका योजनाको  भुक्तानी लिनु पर्ने भएपछि पाँच हजार अग्लो न्यालु लेक पार गरेर लिमीबासी सिमकोट आई पुगेका हुन ।

लिमी हल्जी गाउँका कुन्जोकफुर्वु तामाङले सिंचाईको काम सम्पन्न भएपछि भुक्तानी लिन आएको बताएका छन् । स्थानीय उपभोक्ता समितिबाट सम्पन्न भएको सिंचाईको कामको बजेट लिएर गाउँमा बाँढ्नु पर्नेछ ।  उनी सहित अन्य तीन जना पनि सोही योजनाको भुक्तानीका लागि गाउँलेले खटाएको थियो ।

त्यसैगरि तीन गाउँको तटबन्धका लागि पनि अर्को दुई उपभोक्ता समितिको टोली भुक्नाती लिन सदरमुकाम सिमकोट आई पुगेको छ । स्थानीय फुर्वु लामाले आबश्यक कागजात सबै भुक्तानीका लागि पेश गरि सकिएको र अब चेकबाट रकम उपभोक्ता समितिको खातामा जम्मा हुने काम बाँकी रहेको र जम्मा हुने बित्तिकै रकम झिकेर गाउँतर्फ लाग्ने बताएका छन ।

तीन वर्ष पछि सदरमुकाम सिमकोट आई पुगेका लामाले योजनाको काम नभए आउन नपाईने बताएका छन् । वडा अध्यक्ष पाल्जोर तामाङले गाउँमा सिंहदरबार आई पुगेको भएपनि लिमीबासीले अहिले पनि चार दिन पैदल हिडेर योजनाको रकम बुझनु पर्ने बाध्यता रहेको बताएका छन ।

गाउँपालिका, प्रदेश सरकार गैससद्धारा लिमीमा नौ वटा योजनाको निर्माण भएका छन् । हालसम्मकै सबै भन्दा बढी योजनाहरु लिमीमा परेका छन् । ती योजनाका लागि गाउँले छुट्टछुट्टै उपभोक्ता समिति गठन गरेर निर्माण कार्य गरेका थिए ।  यसका लागि सिमकोटमा भुक्तानी लिन वडा अध्यक्ष सहित ११ जनाको टोली सिमकोट आई पुगेको छ । सबै योजनाको भुक्तानीका लागि सदरमुकाम सिमकोट आएको टोलीलाई खाना तथा बास खर्च भने गाउँले मिलेर गरेको कामको बजेटबाटै खर्च ब्यबहोर्नु पर्नेछ । त्यो बाहेक अन्य सबै हरहिसाब सिमकोट आई पुगेको टोलीले हिसाब गाउँ फर्के पछि समुदायलाई देखाउनु पर्नेछ ।

 

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९