दाने बोहरा बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

उच्च हिमाली जिल्ला हुम्लाबाट एक वर्षको अवधीमा १८ जना गर्भवती महिलाको हेलीकोप्टरबाट उद्धार गरीएको छ ।

तीन देखि एक हप्तासम्म ब्यथाले छटपटाएकी गर्भवती महिलाहरुको संघीय तथा प्रदेश सरकारले हवाई उद्धार गरेर ती महिलाहरुलाई बचाएको हो ।

नाम्खा गाउँपालिका वडा नम्बर ५ को लिमीका वडा अध्यक्ष पाल्जोरले पछिल्लो पटक मंगलवार गर्भवती महिलालाई हेलिकोप्टमा सुर्खेत उद्धार गरिएको जानकारी दिनुभयो । चार दिनसम्म प्रशब ब्यथाले थलिएका महिलाको स्थानीय प्रशासनको समन्वयमा उद्धार गरिए पछि सुर्खेतमा सफल रुपमा बच्च जन्मिएको लामाले बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले गत साउन महिना यता हुम्ला जिल्लाबाट १८ जना सुत्केरी ब्यथाले छटपटाएका महिलाको हेलिकोप्टरबाट नेपालगंज, सुर्खेत, जुम्ला र जिल्ला अस्पताल सिमकोटमा उद्धार गरिएको हो । उनीहरु सबै तीन देखि सात दिनसम्म ब्यथा लाग्दा स्थानीय प्रशासनको समन्वयमा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

प्रमुख सिंहका अनुसार उद्धार गरिएका मध्य नाम्खा गाउँपालिकाबाट चार जना, चंखेली गाउँपालिकाबाट पाँच जना, सर्केगार्ड गाउँपालिकाबाट दुई जनालाई जुम्ला, सुर्खेत र नेपालगंज उद्धार गरिएको थियो भने जिल्ला भित्रैबाट सात जना महिलाको हेलिकोप्टरबाट उद्धार गरि जिल्ला अस्पतालमा ल्याएर सफल रुपमा सुत्केरी गरिएको हो । उद्धार गरिएको सबै गर्भवती महिलाले सफल रुपमा बच्चा जन्माउनु भएको थियो ।
जिल्ला अस्पतालका सिनीयर अनमी सरिता बोहराका अनुसार केही सुत्केरी त अन्तिम अबस्थामा उद्धार गरिएको भएपनि चिकीत्सक तथा स्वास्थ्यकर्मीको सफल प्रयासले उनीहरु र बच्चा बाँच्न सफल भएका हुन् ।

उद्धारका लागि प्रयोग भएको हेलिकोप्टको भाडा भने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले तीन वटाको र बाँकी १५ वटा हेलिकोप्टरको भाडा कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले ब्यहोरेको छ ।

यसरी भर्गवतीको हेलिकोप्टबाट उद्धार गर्ने कार्य गर्त वर्ष ११ जना रहेका थिए । सरकारले हिमाली क्षेत्रका गर्भवती महिलाका लागि एयरलिफ्टको ब्याबस्था गरेपछि उद्धार गरिने महिलाको संख्यामा वृद्धि भएको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९