दाने बोहरा बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित

उच्च हिमाली जिल्ला हुम्लाबाट एक वर्षको अवधीमा १८ जना गर्भवती महिलाको हेलीकोप्टरबाट उद्धार गरीएको छ ।

तीन देखि एक हप्तासम्म ब्यथाले छटपटाएकी गर्भवती महिलाहरुको संघीय तथा प्रदेश सरकारले हवाई उद्धार गरेर ती महिलाहरुलाई बचाएको हो ।

नाम्खा गाउँपालिका वडा नम्बर ५ को लिमीका वडा अध्यक्ष पाल्जोरले पछिल्लो पटक मंगलवार गर्भवती महिलालाई हेलिकोप्टमा सुर्खेत उद्धार गरिएको जानकारी दिनुभयो । चार दिनसम्म प्रशब ब्यथाले थलिएका महिलाको स्थानीय प्रशासनको समन्वयमा उद्धार गरिए पछि सुर्खेतमा सफल रुपमा बच्च जन्मिएको लामाले बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले गत साउन महिना यता हुम्ला जिल्लाबाट १८ जना सुत्केरी ब्यथाले छटपटाएका महिलाको हेलिकोप्टरबाट नेपालगंज, सुर्खेत, जुम्ला र जिल्ला अस्पताल सिमकोटमा उद्धार गरिएको हो । उनीहरु सबै तीन देखि सात दिनसम्म ब्यथा लाग्दा स्थानीय प्रशासनको समन्वयमा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

प्रमुख सिंहका अनुसार उद्धार गरिएका मध्य नाम्खा गाउँपालिकाबाट चार जना, चंखेली गाउँपालिकाबाट पाँच जना, सर्केगार्ड गाउँपालिकाबाट दुई जनालाई जुम्ला, सुर्खेत र नेपालगंज उद्धार गरिएको थियो भने जिल्ला भित्रैबाट सात जना महिलाको हेलिकोप्टरबाट उद्धार गरि जिल्ला अस्पतालमा ल्याएर सफल रुपमा सुत्केरी गरिएको हो । उद्धार गरिएको सबै गर्भवती महिलाले सफल रुपमा बच्चा जन्माउनु भएको थियो ।
जिल्ला अस्पतालका सिनीयर अनमी सरिता बोहराका अनुसार केही सुत्केरी त अन्तिम अबस्थामा उद्धार गरिएको भएपनि चिकीत्सक तथा स्वास्थ्यकर्मीको सफल प्रयासले उनीहरु र बच्चा बाँच्न सफल भएका हुन् ।

उद्धारका लागि प्रयोग भएको हेलिकोप्टको भाडा भने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले तीन वटाको र बाँकी १५ वटा हेलिकोप्टरको भाडा कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले ब्यहोरेको छ ।

यसरी भर्गवतीको हेलिकोप्टबाट उद्धार गर्ने कार्य गर्त वर्ष ११ जना रहेका थिए । सरकारले हिमाली क्षेत्रका गर्भवती महिलाका लागि एयरलिफ्टको ब्याबस्था गरेपछि उद्धार गरिने महिलाको संख्यामा वृद्धि भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९