राज शाही मंगलबार, आषाढ ३०, २०७७ मा प्रकाशित

हुम्ला

नयाँ भैरवीदल गुल्मका गुल्मपतीले आइतबार एक जना महिलालाई रगत दान गरेका छन् । सुत्केरी भएर रगतको कमी भएका कारण एक जना महिलालाई नयाँ भैरवीदल गुल्मका गुल्मपती मेजर बिक्रम थापाले आइतबार जिल्ला अस्पतालमा पुगेर एक पिन्ट रगत दिएका हुन् ।

गर्भमा रहेको बच्चा उल्टो भएर अप्रेशन गरेर बच्चा जन्माएको भएता पनि बच्चाको मृत्यु भएको छ भने आमाको अवस्था नाजुक भएका कारण रानीवन गुल्मका गुल्मपती सहित तीनजनाले जिल्लाको चंखेली गाउँपालिका वडा चार निवासी तारा बोहरालाई तीन पिन्ट रगत दिइएको छन । व्यथाले च्यापेर जिल्ला अस्पतालमा भर्ना भएकी बोहराको अत्यधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेको थियो ।

रक्तश्रावका कारण ज्यान नै खतरामा परेका कारण शनिबार दुई पिन्ट र आइतबार गुल्मपतीले एक पिन्ट गरी तीन पिन्ट बि पोजेटिभ रगत दिएका कारण निजको ज्यान जोगिएको अस्तालका सुचना अधिकारी भक्ती फडेराले जानकारी दिए ।

उनले भने, ‘शरीरमा रगत सकिएर महिलाको ज्यानै खतरामा परेको थियो, गुलमपती थापा र अन्य दुई जना स्थानीयले रगत दिएपछि उनको ज्यान जोगियो ।’ नेपाली सेनाले हुम्लामा विगतदेखि नै स्थानीयवासीलाई समस्या परेको बेला रगत दिँदै आएको छ । यस्तै उच्च रक्तश्रावले थलिएकी बोहरालाई जिल्ला अस्पताल हुम्लाले रिफर गरेको भएता पनि प्रतिकुल खराब मौसमका कारण हवाई यातायात शुचारु नहुँदा समस्या

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९