राज शाही मंगलबार, आषाढ ३०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

नयाँ भैरवीदल गुल्मका गुल्मपतीले आइतबार एक जना महिलालाई रगत दान गरेका छन् । सुत्केरी भएर रगतको कमी भएका कारण एक जना महिलालाई नयाँ भैरवीदल गुल्मका गुल्मपती मेजर बिक्रम थापाले आइतबार जिल्ला अस्पतालमा पुगेर एक पिन्ट रगत दिएका हुन् ।

गर्भमा रहेको बच्चा उल्टो भएर अप्रेशन गरेर बच्चा जन्माएको भएता पनि बच्चाको मृत्यु भएको छ भने आमाको अवस्था नाजुक भएका कारण रानीवन गुल्मका गुल्मपती सहित तीनजनाले जिल्लाको चंखेली गाउँपालिका वडा चार निवासी तारा बोहरालाई तीन पिन्ट रगत दिइएको छन । व्यथाले च्यापेर जिल्ला अस्पतालमा भर्ना भएकी बोहराको अत्यधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेको थियो ।

रक्तश्रावका कारण ज्यान नै खतरामा परेका कारण शनिबार दुई पिन्ट र आइतबार गुल्मपतीले एक पिन्ट गरी तीन पिन्ट बि पोजेटिभ रगत दिएका कारण निजको ज्यान जोगिएको अस्तालका सुचना अधिकारी भक्ती फडेराले जानकारी दिए ।

उनले भने, ‘शरीरमा रगत सकिएर महिलाको ज्यानै खतरामा परेको थियो, गुलमपती थापा र अन्य दुई जना स्थानीयले रगत दिएपछि उनको ज्यान जोगियो ।’ नेपाली सेनाले हुम्लामा विगतदेखि नै स्थानीयवासीलाई समस्या परेको बेला रगत दिँदै आएको छ । यस्तै उच्च रक्तश्रावले थलिएकी बोहरालाई जिल्ला अस्पताल हुम्लाले रिफर गरेको भएता पनि प्रतिकुल खराब मौसमका कारण हवाई यातायात शुचारु नहुँदा समस्या

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९