राज शाही मंगलबार, आषाढ ३०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

१ जना गर्भवती महिलालाई नेपाली सेनाको हेलीकप्टरबाट उदार गरिएको छ । नयाँ भैरवी दल गुल्मका गुल्मपति विक्रम थापाको समन्वय र प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीको पहलमा आज उदार गरिएको हो ।

उदार गरिएकी महिलामा नाम्खा गाउँ पालिका वडा नं ६ हल्जी गाउँकी सोनाम लामु  तामाङ रहेकी छन् । ३ दिन देखि अत्याधीक रक्तश्राव भए पछि आज नेपाली सेनाको हेलीकप्टरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा उदार गरिएको नेपाली सेनाका गुल्मपति मेजर विक्रम थापाले बताउनु भयो ।

उदारका लागी मेजर थापा आफै सम्बन्धित स्थलमा पुग्नु भएको थियो भने गर्भवति महिला र विरामी कुरुवा निजका श्रीमानलाई पनि सुर्खेत पठाइएको छ ।३ दिन अघि सोही वडाका वडा अध्यक्ष पाल्जोर तामाङले उदारका लागी जिल्ला प्रशासन कार्यालय हुम्लामा निवेदन दर्ता गराएका थिए ।

हेलिकोप्टर उद्धारका लागि लाग्ने खर्चको ब्यबस्थाका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धान कार्यक्रमबाट लागत ब्यहोर्नका लागि जिल्ला प्रशासन कार्यालयले लेखी पठाएको छ ।

हिमाल पारीको जिल्ला भनि चिनिने लिमी गाउँ हुम्ला जिल्लाको सदरमुकामबाट करिव ६ दिनको पैदल दुरीमा रहेको उक्त वडाकी महिलाको उदार गरीएको हो ।

 

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९