राज शाही मंगलबार, आषाढ ३०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

१ जना गर्भवती महिलालाई नेपाली सेनाको हेलीकप्टरबाट उदार गरिएको छ । नयाँ भैरवी दल गुल्मका गुल्मपति विक्रम थापाको समन्वय र प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीको पहलमा आज उदार गरिएको हो ।

उदार गरिएकी महिलामा नाम्खा गाउँ पालिका वडा नं ६ हल्जी गाउँकी सोनाम लामु  तामाङ रहेकी छन् । ३ दिन देखि अत्याधीक रक्तश्राव भए पछि आज नेपाली सेनाको हेलीकप्टरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा उदार गरिएको नेपाली सेनाका गुल्मपति मेजर विक्रम थापाले बताउनु भयो ।

उदारका लागी मेजर थापा आफै सम्बन्धित स्थलमा पुग्नु भएको थियो भने गर्भवति महिला र विरामी कुरुवा निजका श्रीमानलाई पनि सुर्खेत पठाइएको छ ।३ दिन अघि सोही वडाका वडा अध्यक्ष पाल्जोर तामाङले उदारका लागी जिल्ला प्रशासन कार्यालय हुम्लामा निवेदन दर्ता गराएका थिए ।

हेलिकोप्टर उद्धारका लागि लाग्ने खर्चको ब्यबस्थाका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धान कार्यक्रमबाट लागत ब्यहोर्नका लागि जिल्ला प्रशासन कार्यालयले लेखी पठाएको छ ।

हिमाल पारीको जिल्ला भनि चिनिने लिमी गाउँ हुम्ला जिल्लाको सदरमुकामबाट करिव ६ दिनको पैदल दुरीमा रहेको उक्त वडाकी महिलाको उदार गरीएको हो ।

 

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९