दाने बोहरा मंगलबार, आषाढ ३०, २०७७ मा प्रकाशित

नेपाल प्रहरीले चीनबाट अवैध रुपमा ल्याएको तीन लाख मुल्य बराबरको चीनियाँ मदिरा बरामत गरेको छ । लकडाउन (बन्दाबन्दी) को समयमा गस्तीमा खटिएको दोजाम प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सिमकोट गाउँपालिका १ दोजामबाट उक्त मदिरा बरामत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रसाद सुवेदीले जानकारीदिनुभयो ।

चीनसँग जोडिएको चुवाँखोला नाका हुदैं अवैध रुपमा भित्र्याइएको ५१ कार्टुन मदिरा आइतबार बरामत गरिएको प्रहरी नायव उपरिक्षक सुवेदीले जानकारी दिनुभयो ।

प्रहरीले छापा मार्नेक्रममा उक्त अवैध मदिरा फेला पारेको बताएका सुवेदीले भन्नुभयो, कस्ले ल्याएको हो भन्ने बारेमा अहिले दोजाम प्रहरीले अनुसन्धान गरिरहेको छ । नियन्त्रणमा लिएको उक्त मदिरा नष्ट गर्ने बारेमा वडाका जनप्रतिनिधि र अगुवासँग छलफल भैरहेको उल्लेख गरेका सुवेदीले अवैध रुपमा चीनसँग जोडिएका नाकाबाट आयात हुने चीनिया मदिरा रोक्न जिल्ला प्रहरीले सुन्य सहनसिलता अपनाएको छ ।

प्रति कार्टुन १२ बोतल हुने उक्त चीनियाँ मदिराको स्थानीय मुल्य ५ देखि ८ सयमा लुकिछिपी विक्रि वितरण हुने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९