दाने बोहरा मंगलबार, आषाढ ३०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाल प्रहरीले चीनबाट अवैध रुपमा ल्याएको तीन लाख मुल्य बराबरको चीनियाँ मदिरा बरामत गरेको छ । लकडाउन (बन्दाबन्दी) को समयमा गस्तीमा खटिएको दोजाम प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सिमकोट गाउँपालिका १ दोजामबाट उक्त मदिरा बरामत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रसाद सुवेदीले जानकारीदिनुभयो ।

चीनसँग जोडिएको चुवाँखोला नाका हुदैं अवैध रुपमा भित्र्याइएको ५१ कार्टुन मदिरा आइतबार बरामत गरिएको प्रहरी नायव उपरिक्षक सुवेदीले जानकारी दिनुभयो ।

प्रहरीले छापा मार्नेक्रममा उक्त अवैध मदिरा फेला पारेको बताएका सुवेदीले भन्नुभयो, कस्ले ल्याएको हो भन्ने बारेमा अहिले दोजाम प्रहरीले अनुसन्धान गरिरहेको छ । नियन्त्रणमा लिएको उक्त मदिरा नष्ट गर्ने बारेमा वडाका जनप्रतिनिधि र अगुवासँग छलफल भैरहेको उल्लेख गरेका सुवेदीले अवैध रुपमा चीनसँग जोडिएका नाकाबाट आयात हुने चीनिया मदिरा रोक्न जिल्ला प्रहरीले सुन्य सहनसिलता अपनाएको छ ।

प्रति कार्टुन १२ बोतल हुने उक्त चीनियाँ मदिराको स्थानीय मुल्य ५ देखि ८ सयमा लुकिछिपी विक्रि वितरण हुने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९