दाने बोहरा मंगलबार, आषाढ ३०, २०७७ मा प्रकाशित

विद्युत उत्पादन गर्ने मेसिनमा खरावी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोट सहित आसपासका गाउँहरु अन्धकारमय बनेका छन् ।

जिल्ला सदरमुकाम सिमकोट लगायत खार्पूृनाथ गाउँपालिका र सिमकोट गाउँपालिकामा विद्युत आर्पुर्ति गर्दै आएको ५०० किलोवाड क्षमता भएको हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत बन्द भएको हो । यसले गर्दा दुई गाउँपालिकाका करिब १८ यि घरधुरीका सेवाग्राही प्रत्येक्ष मर्कामा परेका छन् ।

आयोजनाको पावर हाउसमा रहेका दुई वटा मेसिनमा खराबी आएपछि विद्युत उत्पादन नहुँदा सिमकोट लगायतका गाउँहरु अन्धकार हुनु परेको हिल्दुम साना जलविद्युत आयोजनाको वितरण केन्द्र सिमकोटले जनाएको छ ।

जिल्ला सदरमुकाम सिमकोटमा आपुर्ति भएको विद्युत अवरुद्ध भएपछि असार मसान्तमा विकासे बजेट भुक्तानी गरिरहेका जिल्लाका सरकारी कार्यालयलाई काम गर्न समस्या भएको छ ।

अनलाइन मार्फत भुक्तानीको व्यस्था भएकाले बत्ति अनिवार्य आवश्य भएपछि बत्ति नहुँदा काममा सास्ती भएको चंखेली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले जानकारी दिनुभयो ।

गाउँमा स्थापना भएका बैंकका शाखामा रकमको अभाव छ, शाहीले रासससँग भने, सदरमुकाममा काम गर्न दुई दिनको पैदल आएपनि बत्ति नहुँदा भुक्तानीमा निकै समस्या भएको छ ।

जिल्लाका सात वटा स्थानीय तह मध्ये पाँच वटा स्थानीय तहका पदाधिकारी आयोजनाको रकम भुक्तानीका लागि सदरमुकाम सिमकोटमा आएको भएपछि विद्युत नहुँदा प्रक्रियागत कागजात बनाउन अनलाइन भुक्तानी दिन समस्या भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले जनाएको छ ।

यस्तै विद्युत अवरुद्ध हुँदा जिल्ला अस्पतालमा एक्सरे, भिडियो एक्सरे लगायत विद्युतीय माध्यमबाट हुने सम्र्पुण कामहरु ठप्प भएको अस्पतालका डाक्टर टसी आन्जुक लामाले जानकारी दिुनभयो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९