राज शाही शनिबार, आषाढ २७, २०७७ मा प्रकाशित

हुम्ला

अविरल वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध भएको छ । विधुत सेवा अवरोध हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ३ उनापानी गाउँको रहेको छ । अबिरल बर्षाले उक्त गाउँका लागी विधुत निकालिएको मुख्य पावर हाउस नजिक जडान गरिएको  लघुजलबिधुत आयोजनाको दुई वटा पेनस्टिक पाईप बगाउदा बिधुत सेवा अबरुद्ध भएको हो ।

३ दिन देखिको लगातारको वर्षाले खोलामा पानीको वहाव वढ्न गइ विधुतका लागी जडान गरिएका दुई वटा पेनास्टिक पाइ बगाए पछि सुक्रबार देखि उक्त गाउँ अन्धकार मय भएको स्थानियवासी नन्दबहादुर फडेराले बताएका छन् ।

सुक्रबार राती परेको अविरल वर्षाले सर्केगाड गाउँ पालिका वडा न् ३ को धर्मशालाका लागी निर्माण गरिएको सोचालए पनि वगाएको स्थानिय फडेराले बताएका छन् ।सोही पहिरोमा परि उक्त खोलामा लगाएका ३ वटा पानी घट्ट पनि बगाएको छ । चार हल खेत पनि पहिरोले बगाएर क्षेत्री पुर्याएको दोभान अनलाईनलाई खवर प्राप्त भएको छ  । त्यसै गरी सोही वडाको सुइना गाउँको पानीको मुहान पनि बगाएपछि गाउँमा खानेपानीको समस्या भएको छ । खानेपानी पहिरोले बगाए पछि स्थानीय खोलाको धमिलो पानी खाना बाध्य भएका छन् ।

पहिरोबाट भएको क्षेतीका बारेमा प्रहरी घटना स्थलमा पुगेको जानकारी प्राप्त भएको छ । क्षेतीको बिबरण त्यसपछि मात्र आउनेछ । घटना स्थल प्रहरी चौकी भएको स्थान सर्केगार्डबाट दुई देखि तीन घण्टाको पैदल दुरीमा पर्छ  भने सदरमुकाम सिमकोटबाट डेढ दिन पैदल लाग्छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९