नन्द सिंह बुधबार, आषाढ २४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,
हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नम्वर ७ डाँडाफयाको ओख्रेन गाउँमा रहेको एकमात्र गेट वे कैलाश होमस्टेको आय व्यायको  सार्वजनिक सुनुवाई भएको छ । हालसम्म जिल्लामा विभिन्न खालका लाखौँ योजनाहरु आएर अन्तमा लुकीछिपी मै रकमको दुरुपयोग गर्ने गरेको भए पनि हाल आएर कैलाश होमस्टेका अध्यक्ष हरिबहादुर शाहीले तटस्टकासाथ आफ्नो आएको रकमलाई स्पस्ट पार्नु भएको थियो । यो कार्य भनेको हालसम्म पनि जिल्लाका कुनै उपभोक्ता समितिले गेरको देखिदैन तर पनि सो होमस्टेका अध्यक्ष लगायतका कार्यसमितिले छरलंग पारेको छ ।

गेट वे कैलाश होमस्टे निमार्ण तथा संरक्षण गर्ने भन्दै कर्णाली प्रदसबाट ४० लाख र बाँकी ८ लाख रकम जन्ताको श्रमदानबाट सो होमस्टे निर्माण भएको अध्यक्ष हरिबहादुर शाहीले बताए । सो रकमले हाल डाँडाफयामा एक संग्रालय भवन निर्माण भएको छ भने ६ वटा होमस्टेका घरहरुको सामग्रीहरु खरिद गरि व्यवस्थापन गरिएको अध्यक्ष शाहीको भनाई छ । हुम्लामा लोपन्मुख सामग्रीलाई जुटाएर हाल होमस्टेका लागि सहज बनाउने उदेश्यका साथ विभिन्न सामग्रीहरु खरिद गरिएको सो होमस्टेका संस्थापक संरक्षक महेन्द्रबहादुर शाहीले बताए ।

उनका अनुसार होमस्टे भनेर एकान्तमा घर छ त्यसमा बस्ने ठाउँ पाइन्छ भनेर मात्र नसोचेर त्यो संग्रालयमा उचित व्यवस्थाका साथै खानपिनको पनि राम्रो सुविधा रहेको शाहीले बताए । त्यस्तै पुरोनो बाउबाजेको पालामा कृषिमा सिमित रहे पनि हुम्लामा यतिखेर विभिन्न संरचनाको संरक्षण गर्दै आयआर्जनको विकल्प रोजेर आत्म निर्भर गर्दै आउँदा जिल्ला परिवर्तनको महशुस भएको कार्यक्रमका प्रमुख अतिथी एवम् सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले सो कुरा बताउँदै होमस्टे यसोसियसन तटस्ट समिति समेत घोषणा गरेका थिए ।

सो समितिमा हरिबहादुर शाही अध्यक्ष, बाँचबहादुर विक उपाध्यक्ष विनोद विक सचिव लगायत ७ सदसीय समिति रहने गरि समिति गठन गरिएको छ । त्यस्तै होमस्टे खोलेर मात्र भएन त्यसलाई नियमित रुपमा संञ्चालनमा ल्याउनु पर्ने र सेवाग्राहीका भावनालाई बुझेर होमस्टे सञ्चालन गर्नु पर्ने उधोग बाणिज्य संघका अध्यक्ष नामग्याल तामाङ्ले सुझाव दिए । कार्यक्रम असार २४ गते विहानको ९ वजे हरिबहादुर शाहीको अध्यक्षतामा मानसरोवर होटलमा सञ्चालन गरिएको थिया । उक्त होमस्टेको उद्घाटन कार्यक्रम भने साउन ३ गते हुने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९