राज शाही मंगलबार, आषाढ २३, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

मनसुन जारी रहेको अवस्थामा परेको अविर वर्षाले काठ र काठे साँघ बगाएको छ । पुल वग्नेमा खार्पुनाथ गाउँ पालिका वडा नं २ थाली गाउँमा रहेको लार्गे खोलाको रहेको छ । खोलामा पानीको वहाव वढेपछि पुल बगाएको हो ।

लगातार ३ दिन देखि परेको अविरल वर्षाले खोलाका मुहानहरुमा पानीको वहाव वढ्न गाइ खोलामा पानी वढे पछि अषाढ २२ गते विहान लार्गे खोलामा रहेको साँघु वगाएको स्थानियवासी चन्द्र रावलले बताएका छन् ।

लार्गे खोलामा रहेको पुल वगाउदा दिनमा सयौ जना मानिस र घरपालुवा पशु वस्तुलाई आवत जावतमा समस्या भएको स्थानिय वासी रावलले बताएका छन् ।यसको मुख्य असर खार्पुनाथ गाउँ पालिका वडा नं ३ राया र वडा नं २ थाली गाउँका मानिस तथा पशु वस्तुलाई परेको छ ।

खोलामा पानीको बहाब वढे पछि पानी तरेर वार पार गर्न पनि असहज भएको छ । खोलामा पानीको वहाव बढेकाले काठे साँघु लगाउन पनि समस्या देखिएको छ ।

अषाढ २२ गते विहान नै सोही खोलाको आसपासमा राखीएका छ फिटको १ सय वटा काठका पट्टा पनि बगाएको छ । खार्पुनाथ गाउँ पालिका वडा नं २ निवासी चन्द्र रावलको काठ बगाएको हो । अनुमती प्राप्त काठ च्याती घर निर्माणका लागी राखीएको करिव ५० क्वीफिट काठ लार्गे खोलाले बगाएर लगेको पिडि रावलले बताएका छन् ।

लार्गे खोलामा काठे साँघु लगाउनका लागी स्थानियवासीको श्रमदान र खार्पुनाथ गाउँ पालिकाको ५ लाखको लागतमा यस अघि निर्माण गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९