नन्द सिंह सोमबार, आषाढ २२, २०७७ मा प्रकाशित

हुम्ला,
जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा सिसिटिभि जडान गरिएको छ । सो कार्यालयमा चोरी, तोडफोड र विभिन्न अपराधका घटनाहरुबाट बचाउनका लागि हाल सिसिटिभि जडान गरिएको हो ।

यतिखेर सो कार्यालयको प्रशासन, इमरजेन्सी, ओपिडि र फार्मेसी जस्ता कोठाहरुमा सिसिटिभि जडान भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सुचना अधिकारी भक्ति फडेराले जानकारी गराए । हाल स्वास्थ्य सेवा कार्यालयमा जम्मा आठवटा सिसिटिभि आएका मध्य चारवटा जडान गरि सकिएको छ भने चारवटा सिसिटिभि तारको अभावमा जडान गर्न बाँकी रहेको अधिकारी फडेराको भनाई छ ।

सो टिभि जडानको कार्य एक हप्ता अगाडीदेखि नै भई रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाको स्रोतले जनाएको छ । अव बाँकी रहेका सिसिटिभिभहरु पनि जिल्ला बाहिरबाट तार आए लगतै जडान प्रकृया सञ्चालनमा आउने अधिकारी फडेराले बताए । सो सिसिटिभिलाई करीव १ लाख १० हजार बरावरको खरिद लागत रकम लागेको स्वास्थ्य सेवा कार्यालय स्रोतले जनाएको छ ।

उक्त कार्यालयमा सिसिटिभि जडान गर्नको मख्य उदेश्य बाहिरबाट आएका मानिसहरुले कार्यालयमा रहेका स्वास्थ्य सामग्री, औषधि, चोरी र अज्ञात समुहद्धारा तोडफोडबाट जोगाउनका लागि यो कार्य भई रहेको जनाएको छ । यतिखेर जडान कार्य भने रोकिएको अधिकारी फडेराको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९