नन्द सिंह सोमबार, आषाढ २२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,
जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा सिसिटिभि जडान गरिएको छ । सो कार्यालयमा चोरी, तोडफोड र विभिन्न अपराधका घटनाहरुबाट बचाउनका लागि हाल सिसिटिभि जडान गरिएको हो ।

यतिखेर सो कार्यालयको प्रशासन, इमरजेन्सी, ओपिडि र फार्मेसी जस्ता कोठाहरुमा सिसिटिभि जडान भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सुचना अधिकारी भक्ति फडेराले जानकारी गराए । हाल स्वास्थ्य सेवा कार्यालयमा जम्मा आठवटा सिसिटिभि आएका मध्य चारवटा जडान गरि सकिएको छ भने चारवटा सिसिटिभि तारको अभावमा जडान गर्न बाँकी रहेको अधिकारी फडेराको भनाई छ ।

सो टिभि जडानको कार्य एक हप्ता अगाडीदेखि नै भई रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाको स्रोतले जनाएको छ । अव बाँकी रहेका सिसिटिभिभहरु पनि जिल्ला बाहिरबाट तार आए लगतै जडान प्रकृया सञ्चालनमा आउने अधिकारी फडेराले बताए । सो सिसिटिभिलाई करीव १ लाख १० हजार बरावरको खरिद लागत रकम लागेको स्वास्थ्य सेवा कार्यालय स्रोतले जनाएको छ ।

उक्त कार्यालयमा सिसिटिभि जडान गर्नको मख्य उदेश्य बाहिरबाट आएका मानिसहरुले कार्यालयमा रहेका स्वास्थ्य सामग्री, औषधि, चोरी र अज्ञात समुहद्धारा तोडफोडबाट जोगाउनका लागि यो कार्य भई रहेको जनाएको छ । यतिखेर जडान कार्य भने रोकिएको अधिकारी फडेराको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९