राज शाही सोमबार, आषाढ २२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

सिमकोट गाउँ पालिकाको निरिक्षण गरिएको छ । माननीय जिल्ला न्यायाधीश रामप्रसाद वस्यालले सिमकोट गाउँ पालिका न्यायीक समितिले गरेका काम कार्यको निरिक्षण गरिएको हो ।

सिमकोट गाउँ पालिकामा गठित न्यायीक समितिले हाल सम्म के कति मुद्दा दर्ता गरी के कति फर्च्छौट गरेको छ, त्यसको अभिले सहि ढंगले राखेको छ वा छैन, फैसला प्रक्रिगत ढंगले भएको छ वा छैन, मुद्दा दर्ता गर्दा आवश्यक कागजातहरु मिलाएर राखेको छ वा छैन भन्ने वारेमा निरिक्षण जिल्ला न्यायाधी वस्याल बाट गरिएको थियो ।

निरिक्षणका क्रममा मुद्दा दर्ता प्रक्रिय सही ढंगबाट भएको, लगत फर्च्छौट अभिलेख पनि सहि ढंगले राख्ने काम भएको पाइएको न्यायाधीश वस्यालले बताउनु भयो ।

सिमकोट गाउँ पालिकामा आर्थिक वर्ष ०७६।०७७ मा जम्मा १८ मुद्दा दर्ता भएको र १२ थान मुद्दा फर्च्छौट भएको पाइएको छ ।

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ ले न्यायीक समितिको अधिकार क्षेत्र तोके छ । स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ मा गाउँ पालिका न्यायीक समितिले फैसला वा निरुपण गर्न सक्ने मुद्दाहरु रहेका छन भने सोही ऐनको दफा ४७ को उपदफा २ मा मेलमिलापको माध्यमबाट मात्र मुद्दा निरुपण गर्ने अधिकार क्षेत्र तोकेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९