राज शाही सोमबार, आषाढ २२, २०७७ मा प्रकाशित

सिमकोट गाउँ पालिकाको निरिक्षण गरिएको छ । माननीय जिल्ला न्यायाधीश रामप्रसाद वस्यालले सिमकोट गाउँ पालिका न्यायीक समितिले गरेका काम कार्यको निरिक्षण गरिएको हो ।

सिमकोट गाउँ पालिकामा गठित न्यायीक समितिले हाल सम्म के कति मुद्दा दर्ता गरी के कति फर्च्छौट गरेको छ, त्यसको अभिले सहि ढंगले राखेको छ वा छैन, फैसला प्रक्रिगत ढंगले भएको छ वा छैन, मुद्दा दर्ता गर्दा आवश्यक कागजातहरु मिलाएर राखेको छ वा छैन भन्ने वारेमा निरिक्षण जिल्ला न्यायाधी वस्याल बाट गरिएको थियो ।

निरिक्षणका क्रममा मुद्दा दर्ता प्रक्रिय सही ढंगबाट भएको, लगत फर्च्छौट अभिलेख पनि सहि ढंगले राख्ने काम भएको पाइएको न्यायाधीश वस्यालले बताउनु भयो ।

सिमकोट गाउँ पालिकामा आर्थिक वर्ष ०७६।०७७ मा जम्मा १८ मुद्दा दर्ता भएको र १२ थान मुद्दा फर्च्छौट भएको पाइएको छ ।

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ ले न्यायीक समितिको अधिकार क्षेत्र तोके छ । स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ मा गाउँ पालिका न्यायीक समितिले फैसला वा निरुपण गर्न सक्ने मुद्दाहरु रहेका छन भने सोही ऐनको दफा ४७ को उपदफा २ मा मेलमिलापको माध्यमबाट मात्र मुद्दा निरुपण गर्ने अधिकार क्षेत्र तोकेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९