राज शाही सोमबार, आषाढ २२, २०७७ मा प्रकाशित

हुम्ला जिल्लाका सरकारी कार्यालयहरुलाई सेनेटाइजर र माक्स वितरण गरिएको छ ।माक्स राष्टिय युवा संघ जिल्ला कार्य समिति हुम्लाले वितरण गरेको हो ।

एलिस पाउन्डेसनका गोपालचन्द लामाको आर्थिक सहयोग र उपेन्द्र शाही र  प्रेमा लामाको पहलमा सो सामाग्रि वितरण गरिएको जिल्ला युवा संघ जिल्ला कार्य समितिका अध्यक्ष सुवास रोकायाले बताएका छन् । रोकायाका अनुसार जिल्लाका सरकारी कार्यालयका कर्मचारी र सेवाग्राहीको चाप हेरेर सोही किसिमले स्वास्थ्य सामाग्री वितरण गरिएको बताएका छन् ।

सोमबार विहान ८ वजे जिल्ला समन्वय समितिको सभाहलमा अनौपचारीक रुपमा सामाजिक दुरी कायम गरि कार्यक्रमको आयोजना गरि उक्त सामाग्रि वितरण गरिएको हो ।

वितरण गरिएका सरकारी कार्यालयहरुमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल, जिल्ला वन कार्यालय, नेपाल खाद्यसंस्थान शाखा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, पुर्वाधार कार्यालय, खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय, राष्ट्रिय बाँणिज्य बैङ्क, कृषि विकास कार्यालय, शसस्त्र प्रहरी वल, लगाएतका कार्यालयलाई वितरण गरिएको हो ।

स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा जिल्ला समन्व प्रमुख दानबहादुर रावत, प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरी, प्रहरी प्रमुख, राष्टिय बाँणिज्य बैंक प्रमुख सविता शाही लगाएतका सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधिको उपस्थित रहेको थियो ।

उक्त सामाग्री प्राप्त भए संगै कार्यालयमा आउने सेवाग्रीहलाई सेवा प्रर्दान गर्न र गरिव, निमुखा, असाय, असक्त, वृद्धलाई उक्त सामाग्री प्रर्दान गरि सेनेटाइजर हातमा लगाउन दिइ सेवा प्रर्दान गर्न सहज भएको र कोरोना भाइरस कोभिण्ड १९ बाट सुरक्षीत रहन केही सहज भएको राष्ट्रिय बाँणिज्य बैंक म्यानेजर सविता शाहीले बताएकी छन् ।

 

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९