राज शाही आइतबार, आषाढ २१, २०७७ मा प्रकाशित

हुम्ला

हुम्लाका होटेल ब्यबसायीहरुले होटेलका लागि घरभाडा छुट र बैंक ब्याज मिनाहाका लागि ब्यबस्था गर्न माग गर्दै ज्ञापन पत्र पेश गरेका छ । कोरोना कहरले लकडाउनले तीन महिना बढी होटेल बन्द गर्नु परेपछि  कुनै आम्दानी नभएको कारण होटेल ब्यबसाय घाटामा जाँदा उक्त माग गरिएको हो ।

हुम्लामा संचालनमा आएका अधिकाँस पर्यटकीय होटेलहरु भाडाको घर र बैंकको ऋणबाट सञ्चालनमा आएको कारण घरभाडा र  बैंकको ऋणको ब्याज मिनाहाको ब्यबस्थाका लागि स्थानीय प्रशासन मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पेश गरिएको होटेल संघ हुम्लाका अध्यक्ष मिम बहादुर लामाले बताए । मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने सिजन सुरु भएको बेला भारतीय पर्यटकहरु होटेलमा खचाखच हुनु पर्ने बेला कोरोना संक्रमणका कारण बन्द भएका होटेलहरु घाटामा जाँदा सरकारसंग सो ब्यबस्था गर्न माग गरिएको अध्यक्ष लामाले बताए ।

होटेलमा रहेका कामदार मात्र पाल्नु र घरभाडा मात्र तिर्नु परेपछि होटेल ब्यबसायीहरु आत्तिएर सरकारसंग राहतका कार्यक्रम ल्याउन मार्ग गर्न बाध्य भएका हुन ।

सदरमुकाम सिमकोट र नेपाल र चीनको सिमाना हिल्सामा डेढ दर्जन पर्यटकीय होटेलहरु स्थापना भएका छन् । सबै होटेलहरु हाल बन्द अबस्थामा रहेका छन् । ज्ञापन पत्र संघका सचिब बिनोद लामाले बाचन गरि प्रमुख जिल्ला अधिकरी चिरन्जीवी गिरीलाई बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै प्रजिअ  चिरन्जीवी गिरीले समस्या समधानका लागि माथिल्लो निकायामा ज्ञापन पत्र पठाउने बताए  ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९