राज शाही मंगलबार, आषाढ २३, २०८३ मा प्रकाशित

हिमाली जिल्ला हुम्लाका कच्ची तथा भिराला सडकहरू वर्षासँगै हिलाम्मे र जोखिमपूर्ण बनेका छन्। यातायात व्यवसायीले कर्णाली राजमार्गको समस्या त छँदैछ, करिडोर क्षेत्रमा यात्रा थप जोखिमपूर्ण बनेको बताएका छन ।  करिडोरमा जाम लाग्ने समस्या देखिन्छ भने हुम्लाका ग्रामीण सडक हिलाम्मे हुँदा चारपांग्रे सवारी चलाउन समेत कठिन भएको  पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंहले बताएका छन।

वर्षा सुरु भएसँगै हुम्लाका ग्रामीण सडकमा पहिरो जाने र सडक हिलाम्मे हुने भएकाले सवारी सञ्चालन कठिन बनेको व्यवसायीहरूको गुनासो रहेको छ । आर्थिक क्षति, गाडीबिच बाटोमै फस्ने, पार्टपुर्जा बिग्रिने तथा यात्रु संख्या घट्ने कारण व्यवसायीहरू ठुलो घाटा व्यहोर्न बाध्य हुने उनीहरूको भनाइ छ।

हिलाम्मे सडकका कारण चालक र यात्रु दुवै जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। प्रकृतिको यो दोहोरो प्रभावले नेपालको भौगोलिक यथार्थ झल्काएको छ—किसानका लागि अवसर, यातायात क्षेत्रका लागि चुनौती बनेको यातायात व्यवसायीले बताएका छन ।ग्रामीण सडकलाई वर्षभरि सञ्चालनयोग्य बनाउन स्तरोन्नति नगरेसम्म प्रत्येक वर्ष वर्षायाममा यस्तै समस्या दोहोरिने स्थानीयको भनाइ रहेको छ

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९