हिमाली जिल्ला हुम्लामा एच आइ भि सम्बन्धि एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा एस आइ भी सँग सम्वन्धित लाछाना र भेदभाव सम्बन्धि जनप्रतिनिधि पत्रकार सुरक्षाकर्मी महिला तथा सरोकारवालाहरुलाई एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ ।
जिल्ला समन्वय प्रमुख शिवराज सर्माको अध्यक्षता रहेको उक्त कार्यक्रममा उप प्रमुख दलु फडेरा, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, जिल्ला स्वास्थ्य सेवा कार्यालयका भक्ती फडेरा सिमकोट गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चिन रावत लगायत, पत्रकार, सुरक्षाकर्मी स्थानिय महिलाहरुको सहभागिता रहेको थियो ।
एचआइभी (HIV) भनेको मानव शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने एक प्रकारको भाइरस हो। यसले शरीरलाई अन्य संक्रमण र रोगहरू विरुद्ध लड्न असक्षम बनाउँछ। समयमै उपचार नपाएमा यसले एड्स (AIDS) को गम्भीर रूप लिन सक्छ, यो सर्ने मुख्य कारण संक्रमित व्यक्तिसँग कन्डम प्रयोग नगरी यौन सम्पर्क गर्दा,संक्रमित रगत, रगतजन्य पदार्थ वा एचआइभी सङ्क्रमित सुई तथा सिरिन्जको प्रयोग गर्दा,एचआइभी संक्रमित गर्भवती महिलाबाट बच्चा जन्मिँदा वा स्तनपान गराउँदा पनि सर्न सक्ने जिल्ला स्वास्थ्य सेवा कार्यालयका मेडिकल अफिसर डाक्टर विशाल बुढाले प्रशिक्षण गराएका थिए ।
हात मिलाउँदा, अँगालो हाल्दा वा सँगै बस्दा,एउटै शौचालय वा धारा प्रयोग गर्दा,एउटै भाँडामा खाना खाँदा वा एउटै कपडा लगाउँदा,लामखुट्टे वा अन्य कीराको टोकाइबाट नसर्ने,यसको मुख्य लक्षण एचआइभी सङ्क्रमित व्यक्तिहरूमा लामो समयसम्म कुनै लक्षण नदेखिन सक्छ। यद्यपि, भाइरस फैलने क्रममा निम्न लक्षणहरू देखा पर्न सक्छन , सामान्य वा उच्च ज्वरो आउने,लगातार थकान महसुस हुने घाँटी दुख्ने वा लसीका ग्रंथिहरू सुन्निने लगायतका लक्षण देखिने जिल्ला समन्वय प्रमुख शिवराज शर्माले बताएका छन् ।
उक्त कार्यक्रम सोमबार जिल्ला सदरमुकाम सिमकोटको शक्ति कटेजमा विहान साढे ११ बजेबाट संचालन भएको थियो ।