राज शाही शनिबार, आषाढ २०, २०८३ मा प्रकाशित

समावेसीकरण शिक्षा, सामाजिक विकृति, हानिकारक अभ्यासहरु न्यूनिकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । सचेतनामुलक कार्यक्रम हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका वडा नं ५ मा स्थापित वालमन्दिर माध्यामिक विद्यालयमा संचालन गरिएको हो । बालमन्दिर माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत ५८ जना बालबालिकालाई उक्त सचेतना कार्यक्रम संचालन गरिएको सोही विद्यालयका शिक्षक मधु बस्नेत शाहीले बताएकी छन् ।

कक्षा नौमा अध्ययनरत बालबालिकालाई समावेशीकरण शिक्षा, सामाजिक विकृति, हानिकारक अभ्यासहरु न्यूनिकरण सम्बन्धि १ दिने सचेतनामूलक कार्यक्रमको प्रशिक्षण शिक्षक मधु बस्नेत (शाही) र छतुप लामाले गरेको जानकारी प्राप्त भएको छ ।

बालबालिकालाई समावेशी शिक्षा (Inclusive Education) भनेको जात, धर्म, लिङ्ग, आर्थिक अवस्था वा शारीरिक तथा मानसिक क्षमता (अपाङ्गता) मा भेदभाव नगरी सबै बालबालिकालाई आफ्नै घर नजिकका विद्यालयहरूमा समान रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने पद्धतिको विकास गराउन र सो बारे जानकारी गराउनको लागी पनि उक्त सचेतना गराइएको शिक्षक छतुप लामाले बताएका छन् ।

अपाङ्गता भएका (दृष्टिविहीन, बहिरा, सुस्त श्रवण आदि), सीमान्तकृत वा दुर्गम क्षेत्रका बालबालिकाको आवश्यकता अनुसार शिक्षण विधि र भौतिक संरचना तयार गर्ने, फरक क्षमता भएका र सामान्य बालबालिका एउटै कक्षाकोठामा सँगै पढ्दा उनीहरूमा एक-अर्काप्रति सहयोग र सद्भावको भावना विकास गराउन, जातीय, लैङ्गिक वा आर्थिक आधारमा हुने विभेद हटाई समान अवसरको सुनिश्चितता गर्ने उद्देश्यले पनि उक्त सचेतना कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास कार्यालय प्रमुख इश्वरबहादुर सिंहले बताएका छन् ।

सामाजिक विकृति भन्नाले समाजका स्थापित नियम, मूल्य–मान्यता र परम्परा विपरीत हुने नकारात्मक व्यवहार वा गतिविधिहरूलाई बुझाउन, यसले समाजको शान्ति, सद्भाव र समग्र विकासमा बाधा पुर्‍याउँछ र समाजलाई गलत दिशातिर लैजाने, बोक्सी प्रथा, छुवाछुत, र बालविवाह जस्ता परम्परागत कुसंस्कार,लागुपदार्थ दुर्व्यसन, मदिराको अत्यधिक सेवन, चोरी, र हिंसा, सार्वजनिक पदको दुरुपयोग, घुसखोरी, र सामाजिक न्यायको उल्लंघन लगायतका विषयमा आषाढ २० गते शनिवार १ दिन प्रशिक्षण गराएको मधु बस्नेत ( शाही)ले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९