हिमाली जिल्ला हुम्ला र बाजुरा जिल्ला बिचको सिमा बिबाद यथावत नै रहेको छ । हुम्ला जिल्लाका २१ जना शरिर वन्दक मुद्दामा पक्राउ परि बाजुरा जिल्ला अदालतले म्याद थप गरी पुर्पक्षका लगी बाजुरा जिल्ला प्रहरी कार्यालयको हिरासदमा रहेका छन् । त्यसै गरी हुम्ला जिल्लामा बाजुरा जिल्ला हिमाली गाउँपालिकाका अध्यक्ष सहितका व्यक्तिहरुका नाउँमा वन्य जन्तु चोरी सिकारी तथा काठ तस्करी मुद्दा दायर भए पनि २ जनाको नाउँमा पक्राउ पुर्जी हुम्ला जिल्ला अदालतबाट जारी भएको छ ।

हुम्ला जिल्ला चंखेली गाउँपालिका अध्यक्ष सहितका व्यक्तिले बाजुरा जिल्लाका ५ जनाको नाउँमा अभद्र व्यवहार मुद्दा दायर भइ जिल्ला प्रशासन कार्यालय हुम्लाबाट पक्राउ पुर्जी जारी गरिएको छ । अभद्र व्यवहारमा पक्राउ पुर्जी जारी गरिएका मध्य बाजुरा जिल्लाका २ जना चिनबहादुर मल्ल र नरबहादुर गुरुङलाई जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय बाजुराको समन्वयमा जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरि हुम्ला जिल्ला प्रहरी कार्यालय हिरासदमा राखिएको छ । निजहरुको अनुसन्धान भइ रहेको जानकारी प्राप्त भएको छ ।

यस अघि अषाढ १२ गते कवाडी, लाम्पाटा, रानी खर्क संरक्षण समिति हुम्लाले चार वटा माग राखी एक प्रेश विज्ञप्ती जारी गरेको थियो । उक्त प्रेश विज्ञप्तीमा हुम्ली माथि लगायको झुठ्ठा मुद्दा खारेज गर्नु पर्ने, वन्य जन्तु चोरी सिकारी तथा काठ तस्करीलाई पक्राउ गरी कानूनी कार्वाही को दायरामा ल्याउनु पर्ने, हुम्ला जिल्लाबाट सिमा बिबाद उच्च स्तरिय छानविन टोलीलाई बुझाएको प्रतिवेदन माथिको राय, सुझाव, सल्लाह तुरुन्त सार्वजनिक गर्नु पर्ने लगायतका माग रहेका थिए । ति माग पुरा नभए आषाढ १६ गते हुम्ला जिल्लाका गाउँ गाउँबाट मानिसहरु बोलाइ कडा आन्दोलन गर्ने चेतावनी समेत उक्त विज्ञप्तीमा उल्लेख गरिएको थियो ।
तर हुम्ला जिल्ला प्रहरी र प्रशासन कार्यालय हुम्लाले बाजुरा प्रशासन र प्रहरी कार्यालयको समन्वयमा २ जनालाई पक्राउ गरी अनुसन्धानको दायरमा राखेकाले अषाढ १६ गतेको कार्यक्रम स्थगित नभइ स्थगन गरेको कवाडी, लाम्पाटा रानी खर्क संरक्षण समितिका अध्यक्ष प्रकास बहादुर शाहीले बताएका छन् ।
अषाढ १६ गते विहान बसेको संरक्षण समितिको बैठकले अपराधि जो सुकै भए पनि कानूनी कार्वाहीको दायरमा ल्याउनु पर्ने, सिमा बिबादलाई बढोउत्तरी नगरी संवाद छलफलबाट टुग्याउने तर्फ लाग्नु उपयुक्त हुने र त्यसका लागी जिल्लाका प्रभुत्व व्यक्तीले नेतृत्व लिनु पर्ने धाराण व्यक्त गरिएको पाइएको छ ।